• २०८१ असोज ४ गते शुक्रवार
  • Preeti To Unicode

आजको राशिफल : २०७९ असाेज ११ गते, मंगलवार, यस्तो छ आजको राशिफल, यी राशिहरूकाे चम्किनेछ भाग्य


२०७९ असाेज ११ गते, मंगलवार २७ सेप्टेम्बर २०२२।आश्विन शुक्लपक्ष द्वितीया तिथि। हस्त नक्षत्र, प्रातः ७ः३७ बजेदेखि चित्रा। चन्द्रराशि– कन्या। आश्विन शुक्ल (दुर्गा)
पक्ष (कौलाथ्व) द्वितीया तिथि, मध्यरात्रीपछि ०२:४८ बजेसम्म, त्यसपछि तृतीया तिथि,हस्ता नक्षत्र, बिहान ०७:३९ बजेसम्म, त्यसपछि चित्रा नक्षत्र, चन्द्रमा कन्या राशिमा, बेलुका ०७:४१

बजेसम्म, त्यसपछि तुला राशिमा, ब्रह्म योग, बिहान ०९:०३ बजेसम्म, त्यसपछि ऐन्द्र योग, सुरुमा बालब करण दिउँसो ०३:०६ बजेसम्म, त्यसपछि कौलव करण मध्यरात्रीपछि ०२:४८ बजेसम्म, अन्तिममा तैतिल करण, आनन्दादि योग : सौम्य, चन्द्रवणर् : कालो (बेलुका ०७:४१ बजेसम्म), त्यसपछि सेतो, चन्द्रदिशा : दक्षिण (बेलुका ०७:४१ बजेसम्म), त्यसपछि पश्चिम, योगिनीदिशा : उत्तर, वारशूल : उत्तर, वाणपञ्चकमध्ये मृत्यु वाण : सूर्योदयपूर्व ०३:४४ बजेदेखि भोलि बिहान ०४:०९ बजेसम्म, कालराहु चक्रमा कालको दिशा : पश्चिम र पाशको दिशा : पूर्व, आज : नवरात्रअन्तर्गत श्री ब्रह्मचारिणी भगवतीको आराधना, चन्द्रोदय (चन्द्रदर्शन), पर्यटन दिवस, झण्डा फेर्ने साइत दिनको ११:११ बजे (शुभ दिशा, पश्चिम), द्विपुष्कर योग बिहान ०७:३७ बजेदेखि मध्यरात्रीपछि ०२:४७ बजेसम्म, पर्यटन दिवस,

आजको मुहूर्त : शिववास (रुद्रीपूजा/रुद्राभिषेक), फणिचक्र, चुल्लीचक्र, हलचक्र (द्रष्टव्य : मृत्यु वाणविचार गरी कार्य गर्ने) आगामी ३ दिनभित्रपर्ने चाडपर्व, उत्सव र मुहूर्तादिको विवरण :- १२ गते : नवरात्रअन्तर्गत श्री चन्द्रघण्टा भगवतीको आराधना, नागरिक सुरक्षा दिवस, मुहूर्त : अन्नप्राशन (पास्नी), वस्त्राभरण, डेरा सर्ने, मुठी लिने १३ गते : वैनायकी श्री गणेश चतुर्थी व्रत, नवरात्रअन्तर्गत श्री कूष्माण्डा भगवतीको आराधना, विश्व मुटु दिवस, अन्तर्राष्ट्रिय आविष्कारक दिवस, १४ गते : नवरात्रअन्तर्गत श्री स्कन्दमाता भगवतीको आराधना, पचली भैरव यात्रा, उपाङ्ग ललिता व्रत, मुहूर्त : द्रव्यप्रयोग

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । इच्छा र आकाङ्क्षा पूर्ण हुनेछ । आफन्तको प्रगतिमा मन रमाउला । शुभारम्भको चर्चा चल्नेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) घर व्यवहारमा झमेला रहला । नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला । स्वास्थ्यमा खराबी रहला । आर्थिक कारोबारमा मन्दी आउनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) लगनशीलताले कामहरू अगाडि बढ्नेछन् । दाम्पत्य जीवन सुखमय हुनेछ । विद्या र बुद्धिको विकास हुनेछ । दिनको उत्तरार्ध अधिक सुखद् रहनेछ ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) मनमा निराशा र शरीरमा आलस्य आउला । आफ्नो अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला विवाद पनि बढ्नेछ, तर साँझमा राम्रो खबर पाइनेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आज लामो समयदेखि प्रतीक्षा गरिएको काम पूरा हुनेछ । दाम, इनाम र प्रतिष्ठा कमाउने वेला छ । वित्तिय संस्थाबाट सहयोग पाइनेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) लाभहानी, आयव्यय, सुखदुःख बराबरी मध्यम खालको दिन छ । विपरीत वर्ग प्रति आकर्षण बढ्नेछ । आत्मबल बढाएर काम गरेमा असफल भइँदैन ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आजको दिन भाग्यशाली भएर देखा पर्नेछ । महिला वर्गबाट विशेष सहयोग मिल्नेछ । शिक्षामा सफलता मिल्नेछ । शेयर बजारले पनि साथ दिनेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आज सभा समारोहमा सहभागि भई मिठो मसिने भोजन लिने अवसर आएपनि स्वास्थ्य सम्बन्धी समस्या आउँन सक्छ बढी सचेत रहनु होला ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आज कुनै कुराले मनमा शान्ति छाउनेछ । विशिष्ट व्यक्तिको साथ पाइनेछ । छोटो दुरीको लाभदायक यात्रा रहला । शुभकार्यको चर्चा पनि चल्नेछ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) सामाजिक तथा धार्मिक कार्यमा रुचि बढ्नेछ । दैनिक कार्यमा सफलता पाइनेछ । प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागि पनि श्रेष्ठ समय रहेको छ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) आज दैनिक कार्यमा प्रगति हुनेछ । समाजिक कार्यमा मन जाला । कूटनीतिक नियोगको सहयोग मिल्ला । वैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) दाम, इनाम र प्रतिष्ठा कमाउने वेला छ । कुटुम्बको सहयोग मिल्नेछ । घरमा अतिथिको आगमन हुनेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् ।

प्रकाशित मिति : २०७९ असोज ११ गते मङ्गलवार