• २०८१ असोज ४ गते शुक्रवार
  • Preeti To Unicode

आजको राशिफल : २०७९ असोज २४ गते साेमवार, यस्तो छ आजको राशिफल, यी राशिहरूकाे चम्किनेछ भाग्य


२०७९ असोज २४ गते,साेमवार, १० अक्टोबर २०२२। कार्तिक कृष्णपक्ष प्रतिपदा तिथि। रेवती नक्षत्र, १७ः१६ बजेदेखि अश्विनी। चन्द्रराशि– मीन, १७ः१६ बजेदेखि मेष।
कार्तिक कृष्णपक्ष (कौलागा) प्रतिपदा तिथि, मध्यरात्रीपछि ०१:५१ बजेसम्म,त्यसपछि द्वितीया तिथि, रेवती नक्षत्र, साँझ ०५:१६ बजेसम्म, त्यसपछि अश्विनी नक्षत्र,चन्द्रमा मीन राशिमा, साँझ

०५:१६ बजेसम्म, त्यसपछि मेष राशिमा, व्याघात योग, बेलुका ०६:५३ बजेसम्म, त्यसपछि हर्षण योग, सुरुमा बालब करण दिउँसो ०२:०४ बजेसम्म, त्यसपछि कौलव करण मध्यरात्रीपछि ०१:५१ बजेसम्म, अन्तिममा तैतिल करण, आनन्दादि योग : मात्तङ्ग, चन्द्रवणर् : पहेंलो (साँझ ०५:१६ बजेसम्म), त्यसपछि रातो, चन्द्रदिशा : उत्तर (साँझ ०५:१६ बजेसम्म), त्यसपछि पूर्व, योगिनीदिशा : पूर्व, वारशूल : पूर्व, धनिष्ठा पञ्चक/सरुन समाप्ति (साँझ ०५:१६ बजे), वाणपञ्चकमध्ये नृप (राज) वाण : बिहान ०८:१४ बजेसम्म, नक्षत्र शूल : दक्षिण, कालराहु चक्रमा कालको दिशा : वायव्य र पाशको दिशा : आग्नेय, आज : विश्व मानसिक स्वास्थ्य दिवस, आजको मुहूर्त : द्रव्यप्रयोग, डेरा सर्ने, आगामी ३ दिनभित्रपर्ने चाडपर्व, उत्सव र मुहूर्तादिको विवरण :-, २५ गते : अशून्यशयन द्वितीया, गैर आवासीय नेपाली दिवस, २६ गते : कुनै पनि विशिष्ट चाडपर्व, उत्सव वा मुहूर्तादि छैन । २७ गते : सङ्कष्टी श्री गणेश चतुर्थी व्रत, करक चतुर्थी (करवा चौथ), दशरथ चतुर्थी (बङ्गाल)

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) लगनशीलताको कमीले गर्दा ठूलो उपलब्धि हात पार्न नसकिएला । समय प्रतिकुल भई कुलतमा मन जानसक्छ । झैझमेलाको अवस्था पनि आउला ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) बोलीको भरमा कार्य सम्पादन हुनेछ । सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै लाभ हुनेछ । शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ । सफल यात्राको योग छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) लाभहानी, आयव्यय, सुखदुःख बराबरी मध्यम खालको दिन छ, साथै प्रणयसम्बन्ध र रतिराग बढाउने समय छ । लाभदायक यात्रा पनि हुनसक्छ ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आजको दिन भाग्यशाली भएर देखा पर्नेछ । वैदेशिक क्षेत्रका अधुरा कार्यबाट सफलता मिल्नेछ । आफ्नो शेयर बजारको क्षेत्रमा सफलता मिल्नेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आज स्वास्थ्य तथा सौन्दर्यतामा धन खर्च हुनेछ । अरुको लागि दौडधुप गर्नु पर्नेछ । चोटपटक पनि लाग्न सक्छ, तर आफन्तले सहयोग गर्नेछन् ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आज कुनै कुराले मनमा शान्ति छाउनेछ । आँटेको र ताकेको कार्य पुरा हुनेछ । धर्म र सांस्कृतिक सभासमारोहमा सरिक हुने अवसर मिल्नेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । विद्या र बुद्धिको विकास हुनेछ । सजिलै अरुको विश्वास जित्न सकिनेछ । आकस्मिक धन लाभ हुनेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आज छोटो दुरीको लाभदायक यात्रा हुनेछ । राज्यबाट मान सम्मान मिल्नेछ । धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ । वाहन सुख पनि मिल्नेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) मनोरञ्जनका साथै धार्मिक कार्यमा रुचि बढ्नेछ । मनमा हर्ष, उमङ्ग र उत्साह छाउला । वैदेशिक क्षेत्रको काम अघि बढ्नेछ । वस्त्र लाभ पनि हुनसक्छ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) मनमा हर्ष, उमङ्ग र उत्साह छाउला । भाग्यले विभिन्न अवसर जुराउनेछ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । विशेष यात्रा पनि हुनसक्छ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) आज शुभकार्यमा सहभागिता जनाइनेछ । महिला वर्गबाट विशेष सहयोग मिल्नेछ । पुँजी बजारमा सफलता मिल्ने र आर्थिक क्षेत्र राम्रै होला ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) शुभकार्यको चर्चा चल्नेछ । सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउनेछ । प्रेमको बन्धन कसिने बेला छ । मुद्दा मामिलामा सफलता मिल्नेछ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् ।

प्रकाशित मिति : २०७९ असोज २४ गते सोमवार