• २०८१ असोज ४ गते शुक्रवार
  • Preeti To Unicode

आजको राशिफल : २०७९ पुस १२ गते मंगलवार, यस्तो छ आजको राशिफल, यी राशिहरूकाे चम्किनेछ भाग्य


२०७९ पुस १२ गते, मंगलवार, २७ डिसेम्बर २०२२। पौष शुक्लपक्ष चतुर्थी तिथि, ७ः०५ बजेदेखि पञ्चमी। धनिष्ठा नक्षत्र। चन्द्रराशि– मकर, ९ः११ बजेदेखि कुम्भ। आजको चाडपर्व, उत्सव र मुहूर्तादिको विवरण :– मङ्गल चतुर्थी व्रत (मङ्गलवारको नयाँ व्रत थाल्न उपयुक्त दिन), साहित्यकार भूपी जयन्ती, मुहूर्त : अग्निवास (यज्ञ र हवनादि), फणिचक्र, चुल्लीचक्र, हलचक्र (द्रष्टव्य : बिहान ०७:०५ बजेसम्म भद्रा रहेको छ) १३ गते : अन्नरूपा षष्ठी व्रत (बङ्गाल), मुहूर्त : अग्निवास (यज्ञ र हवनादि), शिववास (रुद्रीपूजा/रुद्राभिषेक), डेरा सर्ने, कलशचक्र १४ गते : मुहूर्त : शिववास (रुद्रीपूजा/रुद्राभिषेक), कलशचक्र १५ गते : अष्टमी व्रत, गोरखकाली पूजा, श्वेतमत्स्येन्द्रनाथ स्नान (जनबहाद्यन्हव), महाभद्राष्टमी, गुरुङहरूको नयाँ वर्ष (तमु ल्होत्सार), मुहूर्त : अग्निवास (यज्ञ र हवनादि), शिलान्यास (सामान्य), डेरा सर्ने, दीक्षा ग्रहण, कलशचक्र (द्रष्टव्य : दिउँसो १२:३० बजेसम्म भद्रा रहेको छ)

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) पारिवारिक सदस्यबाट सहयोग मिल्नेछ । विपरीत वर्ग प्रति आकर्षण रहला। साहित्यिक क्षेत्रमा रूचि बढ्नेछ । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आँटेको र ताकेको कार्य पुरा हुनेछ । रमाइलो यात्राको योग रहेको छ । समाजसेवामा मन लाग्नेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) लगानीमा रहेको रकम फिर्ता आउनसक्छ । प्राविधिक विषयमा रूचि जाग्नेछ । सामाजिक सङ्घसंस्था वा परोपकारका क्षेत्रमा सहयोग गर्नु पर्नेछ ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आज प्रसन्नतापूर्वक समय व्यतीत हुनेछ । लामो समयदेखि रोकिएका अधुरा कामहरू पुरा हुनेछन् । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आज नयाँ व्यक्तिसँग भेटघाट हुने समय छ । प्राविधिक क्षेत्रमा रूचि बढ्नेछ । सामाजिक कार्यमा रुचि रहनेछ । कार्य सम्पादनमा सहजता मिल्नेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आज मित्रवर्ग र हितैषीबाट राम्रो सहयोग मिल्नेछ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । सुखसुविधा भोग गर्न पाइनेछ र मन प्रसन्न रहनेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज आम्दानी बढाउने काम सुरु गर्न सकिनेछ । पार्टी पिकनिक तथा सेमिनारमा सहभागिता भइएला । नयाँ वस्त्र र अलङ्कार पनि प्राप्ति हुनेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आर्थिक समस्याले मानसिक तनावको सिर्जना हुनेछ । प्रेमी र प्रेमिकाका बिच खिन्नता बढ्नसक्छ । बोलीमा पनि अङ्कुश लगाएकै बेस हुनेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) काम गर्ने हौसला मिल्नेछ । वित्तिय संस्थाबाट सहयोग पाइनेछ । सुखद् यात्राका अवसर पनि प्राप्त हुनेछन् । अरूलाई प्रभावित पारेर काम बन्नेछ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आफन्त तथा साथी भाइबाट टाढिनु पर्दा मन खिन्न हुनेछ । आलोचना गर्नेहरूबाट सजग रहनुहोला । अध्ययनमा मन नजाँदा अरुभन्दा पछि परिनेछ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) आज सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउनेछ । अचल सम्पत्ति हात पर्ने योग छ । पारिवारिक वातावरण पूर्णरूपेण सन्तोषप्रद नै रहनेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) स्वास्थ्यको ख्याल गर्नुहोला औषधी उपचार खर्च बढ्नेछ । बेसुरमा वचन दिने बानीले अप्ठ्यारो पार्न सक्छ । विलासिताका सामग्रीमा खर्च पनि बढ्नेछ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् ।

प्रकाशित मिति : २०७९ पुष १२ गते मङ्गलवार