• २०८१ असोज ५ गते शनिवार
  • Preeti To Unicode

आरजु देउवा र बालकृष्ण खाँणले आफ्नै सरकार बन्ने र ठेक्का मिलाइदिने भन्दै अरबऔं रुपैयाँ लिएका छन् : महेश बस्नेतको


काठमाडौँ — नेकपा एमालेका पोलिटब्यूरो सदस्य तथा पूर्वमन्त्री महेश बस्नेतले कांग्रेस सभापति एवम् निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी तथा कांग्रेस सांसद आरजु राणा देउवा र निवर्तमान गृहमन्त्री बालकृष्ण खाँणमाथि ठुला आयोजनामा अरबौँको चलखेल गरेको गम्भीर आरोप लगाएका छन् । आरजु र खाँणहरुले निर्वाचनपछि पनि आफूहरुकै सरकार बन्ने भन्दै ठुला आयोजनाको ठेक्का दिने भनेर अग्रिम रूपमा ६\७ अर्ब रुपैयाँ बुझेको र अहिले सरकारबाट बाहिरिएकोले फिर्ता गर्नुपर्ने अवस्थामा पुगेको बस्नेतको आरोप छ । नेता बस्नेतले देउवा नेतृत्वको यसअघिको सरकारलाई ‘भाउजुको सरकार’ भन्ने मानक रहेको पनि स्मरण गराए । उनले भने, ‘देउवा सरकारले विकास निर्माणको पनि केही काम गरेको थिएन ।

ठुला–ठुला आयोजनाको सन्दर्भमा चाहे त्यो एनसेलको सन्दर्भ होस, चाहे त्यो सूर्यविनायक–धुलिखेल सडकको सन्दर्भ होस्, यी तमाम सन्दर्भमा अरबौँ पैसाको सेटिङ थियो । भाउजुको सरकार अथवा आरजु देउवाज्यू, अथवा बालकृष्ण खाँणजीलगायतका साथीहरूको सेटिङमा अब सरकार बन्नेछ र मिलेमतोमा तपाईँहरुलाई ठेक्कालगायत दिन्छौँ भनेर ६÷७ अर्ब उहाँहरूले लिनुभएको छ र अहिले त्यो पैसा चाहिँ फिर्ता गर्नुपर्ने अवस्थामा पुग्नुभएको छ भन्ने कुरा अहिले चर्चामा आएको छ ।’

नेता बस्नेतले यसअघिको देउवा सरकारले मुलुकमा संस्थागत ठगी गरेको गम्भीर आरोप लगाए । उनले भने,‘विशेष गरेर भन्सार भएका जिल्लाहरूमा सिडिओ, एसपीहरू सबै सुरुवाहरू सेटिङमा हुने गर्दथ्यो । भन्सार प्रमुखहरू सेटिङमा हुने गर्दथे । र, वैद्य च्यानलबाट सामानहरू आयात नगरी अवैध च्यानलबाट सामान आयात गर्ने, भन्सार छली गर्ने र राजश्व छली गर्ने काम भएको थियो । एक ढंगले भन्ने हो भने राज्य संस्थागत ठगी धन्दामा संलग्न भएको थियो ।

जसको कारण हाम्रो अर्थतन्त्र टाँट पल्टिएको थियो । पुँजीगत खर्च न्यून भइरहेको छ । आजको अर्थमन्त्रीलाई समेत चुनौती थपिदिएर उहाँहरू जानुभयो ।’ उनले यसअघिको सरकारप्रति व्यङ्ग्य गर्दै ‘मेकिङ आरजु देउवा, नट मेकिडङ नेपाल’ भएको टिप्पणी गरे ।

प्रकाशित मिति : २०७९ पुष १६ गते शनिवार