• २०८१ असोज ४ गते शुक्रवार
  • Preeti To Unicode

आजको राशिफल : वि.सं. २०८० साल ज्येष्ठ ४ गते बिहीवार ।। श्री पाथिभरा माताकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य


वि.सं. २०८० ज्येष्ठ ०४ गते बिहीवार तदनुसार ई. सं. २०२३ मई १८ तारिख, पिङ्गल नामक संवत्सर, सूर्य उत्तरायण, गृष्म ऋतु, कलिगत ५१२४, शाके १९४५, नेपाल सं. ११४३, किरातवर्ष ५०८३, मञ्जुश्री वर्ष २८५९, हिजरी सं. १४४४, इटहरी, सुनसरी, नेपालमा सूर्योदय : बिहान ०५:१० बजे र सूर्यास्त : साँझ ०६:३६ बजे, चन्द्रास्त : साँझ ०५:१४ बजे र चन्द्रोदय : भोलि बिहान ०३:४६ बजे,

काठमाण्डौ, नेपालमा सूर्योदय : बिहान ०५:१६ बजे र सूर्यास्त : साँझ ०६:४६ बजे, पोखरा, कास्की, नेपालमा सूर्योदय : बिहान ०५:२१ बजे र सूर्यास्त : साँझ ०६:५३ बजे. कञ्चनपुर, महाकाली, नेपालमा सूर्योदय : बिहान ०५:३४ बजे र सूर्यास्त : साँझ ०७:०९ बजे, ज्येष्ठ कृष्णपक्ष (वछलागा) चतुर्दशी तिथि, बेलुका ०९:३३ बजेसम्म, त्यसपछि अमावस्या तिथि, अश्विनी नक्षत्र, बिहान ०७:३५ बजेसम्म, त्यसपछि भरिणी नक्षत्र, चन्द्रमा मेष राशिमा (अहोरात्र व्याप्त), सौभाग्य योग, बेलुका ०८:०४ बजेसम्म, त्यसपछि शोभन योग, सुरुमा विष्टि/भद्रा करण बिहान ०९:५६ बजेसम्म, त्यसपछि शकुनि करण बेलुका ०९:३३ बजेसम्म, अन्तिममा चतुष्पाद करण, (भद्राको वास : स्वर्गलोक). आनन्दादि योग : मानस, चन्द्रवणर् : रातो, चन्द्रदिशा : पूर्व, योगिनीदिशा : पश्चिम (बेलुका ०९:३३ बजेसम्म)

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज सजिलै अरुको विश्वास जित्न सकिनेछ । विद्या र बुद्धिको विकास हुनेछ । आकस्मिक लाभ र शुभ समाचार सुन्न पाइनेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज शुभकार्यको चर्चा चल्नेछ । महिला वर्गबाट विशेष सहयोग मिल्ला । आर्थिक शेयर बजारको क्षेत्र पनि मजबुत नै हुने देखिन्छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) मनमा हर्ष, उमङ्ग र उत्साह छाउला । प्रेम र मित्रताको बन्धन कसिने बेला छ । सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउनेछ ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आज धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । पारिवारिक साथ र समर्थन मिल्नेछ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आज मनोरञ्जनका साथै धार्मिक कार्यमा रुचि बढ्नेछ । मनमा हर्ष, उमङ्ग र उत्साह छाउला । वैदेशिक क्षेत्रको काम अघि बढ्नेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आज धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ । राज्यबाट मानसम्मान मिल्नेछ । छोटो दुरीको सफल र लाभदायक यात्रा पनि हुनेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज लाभहानी, आयव्यय, सुखदुःख बराबरी मध्यम खालको दिन छ । धार्मिक र सांस्कृतिक कार्यमा सरिक हुने अवसर मिल्नेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आज भाग्यले विभिन्न अवसर जुराउनेछ । आफन्तसँग भेटघाट हुनेछ । सफल यात्राको योग छ, तर स्वास्थ्यको ख्याल गर्नु पर्नेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आज घर परिवारमा झैझमेलाको अवस्था आउला । स्वास्थ्यप्रति बढी सजग हुन आवश्यक छ । आर्थिक पक्ष पनि कमजोर रहनेछ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) सांस्कृतिक क्षेत्रमा रुचि बढ्नेछ । नयाँ उद्योग वा रचनात्मक काममा जुट्ने समय छ । शेयर बजारको लगानीले राम्रै लाभ मिल्ने देखिन्छ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) आज स्वास्थ्य तथा सौन्दर्यतामा धन खर्च हुनेछ । घरायसी विवाद बढ्न सक्छ, अतः वाणीमा लगाम लगाउन आवश्यक हुन्छ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आज कुनै कुराले मनमा शान्ति छाउनेछ । आँटेको र ताकेको कार्य पुरा हुनेछ । धार्मिक सभासमारोहमा सरिक हुने अवसर मिल्नेछ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् ।

प्रकाशित मिति : २०८० जेष्ठ ३ गते बुधवार