• २०८१ असोज ४ गते शुक्रवार
  • Preeti To Unicode

आजको राशिफल : वि.सं. २०८० ज्येष्ठ १५ गते सोमवार ।। श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य


वि.सं. २०८० ज्येष्ठ १५ गते सोमवार तदनुसार ई. सं. २०२३ मई २९ तारिख, पिङ्गल नामक संवत्सर, सूर्य उत्तरायण, गृष्म ऋतु, कलिगत ५१२४, शाके १९४५, नेपाल सं. ११४३, किरातवर्ष ५०८३, मञ्जुश्री वर्ष २८५९, हिजरी सं. १४४४, इटहरी, सुनसरी, नेपालमा सूर्योदय : बिहान ०५:०६ बजे र सूर्यास्त : साँझ ०६:४२ बजे, चन्द्रोदय : दिउँसो ०१:१५ बजे र चन्द्रास्त : मध्यरात्रीपछि १२:४६ बजे, काठमाण्डौ,

नेपालमा सूर्योदय : बिहान ०५:१२ बजे र सूर्यास्त : साँझ ०६:५२ बजे, पोखरा, कास्की, नेपालमा सूर्योदय : बिहान ०५:१७ बजे र सूर्यास्त : साँझ ०६:५९ बजे, कञ्चनपुर, महाकाली, नेपालमा सूर्योदय : बिहान ०५:३० बजे र सूर्यास्त : साँझ ०७:१५ बजे, ज्येष्ठ शुक्लपक्ष (तछलाथ्व) नवमी तिथि, बिहान ०९:१९ बजेसम्म, त्यसपछि दशमी तिथि, उत्तराफाल्गुनी नक्षत्र, मध्यरात्रीपछि ०२:२८ बजेसम्म, त्यसपछि हस्ता नक्षत्र, चन्द्रमा सिंह राशिमा, बिहान ०७:०५ बजेसम्म, त्यसपछि कन्या राशिमा, वज्र योग, बेलुका ०७:३४ बजेसम्म, त्यसपछि सिद्धि योग, सुरुमा कौलव करण बिहान ०९:१९ बजेसम्म, त्यसपछि तैतिल करण बेलुका ०९:५५ बजेसम्म, अन्तिममा गर करण, आनन्दादि योग : श्रीवत्स, चन्द्रवणर् : रातो (बिहान ०७:०५ बजेसम्म), त्यसपछि कालो, चन्द्रदिशा : पूर्व (बिहान ०७:०५ बजेसम्म)

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज पढाइ लेखाइमा मन जानेछ । प्रेमको डोरो कसिलो भएर जानेछ । पढाइ लेखाइमा मन पनि जानेछ, तर स्वास्थ्यको ख्याल गर्नु होला ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) व्यवहारमा सतर्कता अपनाउनु पर्ला, नत्र झुटो बोल्न बाध्य भइनेछ । अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला, तर साँझ सम्म धन हात पर्न सक्छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज रोकिएका काम पुनः सुरु हुन सक्छन् । धार्मिक तथा समाजसेवामा मनलाग्ने छ । रोकिएको काम दोहोर्याएर प्रयत्न गर्दा फाइदा हुनेछ ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) धूम्रपान र मद्यपानबाट ढाडै रहनु होला । गरेको कार्यमा बाधा आउनसक्छ, तर आर्थिक लाभ भने हुनेछ । वैदेशिक र प्राविधिक कार्यमा राम्रो हुनेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आज सांस्कृतिक क्षेत्रमा रुचि बढ्नेछ । नयाँ कार्यको थालनी हुनेछ । अरुलाई प्रभावित पारेर काम बन्नेछ । वैदेशिक क्षेत्रमा सफलता मिल्नेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) खानपानमा ध्यान दिनुहोला स्वास्थ्यमा समस्या र औषधी उपचार खर्च बढ्नेछ, तर दिनको उत्तरार्धमा लगनशीलताले कामहरू अगाडि बढ्नेछन् ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज आँटेको र ताकेको कार्य पुरा होला । साहित्यिक क्षेत्रमा रुचि बढ्नेछ । विशिष्ट व्यक्तिको सहयोग पाइनेछ । व्यापारमा सफलता मिल्नेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आदर्श व्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ । सन्तान सुख मिल्नेछ । चुनौतीको सामना गर्नुपर्ला तर यात्रा सफल नै हुनेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) कला, साहित्य तथा सङ्गीतमा रुचि बढ्नेछ । न्यायिक कार्यमा सफलता मिल्नेछ । शुभ समाचार सुन्न पाइएला । नयाँ कार्यको थालनी हुनसक्छ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आज स्वादिष्ट भोजन पाइनेछ । महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । वैदेशिक क्षेत्रको काम अघि बढ्ला । कुटुम्बको सहयोग पनि मिल्नेछ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) विशिष्ट व्यक्तिको सहयोग पाइनेछ । सांस्कृतिक क्षेत्रमा रुचि बढ्नेछ । आँटेको र ताकेको कार्य पुरा होला । पार्टनरसिपको कार्यमा सफलता मिल्नेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) वैदेशिक क्षेत्रको काम अघि बढ्नेछ । पढाइ लेखाइमा प्रगति हुनेछ । रमाइलो यात्राको योग रहेको छ, साथै नयाँ कार्यको योजनले गति पाउनेछ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् ।

प्रकाशित मिति : २०८० जेष्ठ १४ गते आइतवार