• २०८१ असोज ४ गते शुक्रवार
  • Preeti To Unicode

आजको राशिफल : वि.सं. २०८० साल ज्येष्ठ १६ गते मङ्गलवार ।। श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य


वि.सं. २०८० ज्येष्ठ १६ गते मङ्गलवार तदनुसार ई. सं. २०२३ मई ३० तारिख, पिङ्गल नामक संवत्सर, सूर्य उत्तरायण, गृष्म ऋतु, कलिगत ५१२४, शाके १९४५, नेपाल सं. ११४३, किरातवर्ष ५०८३, मञ्जुश्री वर्ष २८५९, हिजरी सं. १४४४, इटहरी, सुनसरी, नेपालमा सूर्योदय : बिहान ०५:०६ बजे र सूर्यास्त : साँझ ०६:४२ बजे, चन्द्रोदय : दिउँसो ०२:०७ बजे र चन्द्रास्त : मध्यरात्रीपछि ०१:२७ बजे,

काठमाण्डौ, नेपालमा सूर्योदय : बिहान ०५:११ बजे र सूर्यास्त : साँझ ०६:५२ बजे, पोखरा, कास्की, नेपालमा सूर्योदय : बिहान ०५:१६ बजे र सूर्यास्त : साँझ ०६:५९ बजे, कञ्चनपुर, महाकाली, नेपालमा सूर्योदय : बिहान ०५:२९ बजे र सूर्यास्त : साँझ ०७:१५ बजे, ज्येष्ठ शुक्लपक्ष (तछलाथ्व) दशमी तिथि, दिउँसो १०:३० बजेसम्म, त्यसपछि एकादशी तिथि, हस्ता नक्षत्र, भोलि बिहान ०४:०२ बजेसम्म, त्यसपछि चित्रा नक्षत्र, चन्द्रमा कन्या राशिमा (अहोरात्र व्याप्त), सिद्धि योग, बेलुका ०७:२६ बजेसम्म, त्यसपछि व्यतिपात योग, सुरुमा गर करण दिउँसो १०:३० बजेसम्म, त्यसपछि वणिज करण बेलुका १०:५५ बजेसम्म, अन्तिममा विष्टि/भद्रा करण, (भद्राको वास : पाताललोक), आनन्दादि योग : सौम्य, चन्द्रवणर् : कालो, चन्द्रदिशा : दक्षिण, योगिनीदिशा : उत्तर (दिउँसो १०:३० बजेसम्म),
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज साथीभाइको सहयोगले हिम्मत दिलाउनेछ । धार्मिक तथा समाजसेवामा मन लाग्नेछ । व्यापारबाट सोचेजस्तै लाभ प्राप्ति हुने योग छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज प्रेममा मनमुटावका साथै मनमा शङ्का उत्पन्न हुनेछ । निर्णायक क्षमतामा कमी आउनेछ । आफ्नै कमजोरीले विवादमा परिएला ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज धार्मिक, सामाजिक महत्वको क्षेत्रको भ्रमण हुनसक्छ । धन हात पार्न पनि सक्छ, तर खानपान र स्वास्थ्य प्रति सजग रहन आवश्यक छ ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आज खानपिन र स्वास्थ्य प्रति सजगता अपनाउनु पर्नेछ, तर परिवारमा रमाइलो जमघट हुने र अभिभावकले सन्तुष्टि जनाउनेछन् ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आज आदर्श व्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ । प्रतियोगितात्मक क्रियाकलापबाट लाभ मिल्नेछ । कार्यमा सफलता पाइनेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) सानातिना समस्यामा अल्झनुपर्नेछ । पाचनप्रणालीमा समस्या देखिनसक्छ र वैदेशिक काम अधुरै रहन सक्छ, तर शेयर बजारले साथ दिनेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज रोकिएका अधुरा कामहरू पुरा हुनेछन् । प्रणयसम्बन्ध र रतिराग बढाउने समय छ । घरमा पाहुनाको आगमन हुने सम्भावना पनि छ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आफन्त र मित्रवर्गको सहयोगले महत्त्वपूर्ण कार्य सम्पन्न हुनसक्छ । वैदेशिक क्षेत्रको कार्य अघि बढ्नेछ । स्वादिष्ट खानेकुरा पनि पाइनेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आज बिहानै कुनै कुराले मन प्रसन्न रहनेछ । बोलीको भरमा कार्य सम्पादन हुनेछ । आफ्नो श्रमको उचित मल्याङ्कन र कदर हुनेछ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) स्वादिष्ट भोजन पाइनेछ । मनोरञ्जनमा सहभागिता भइएला । महिला वा मित्र बाट विशेष सहयोग मिल्नेछ । बिनाप्रतिस्पर्धा फाइदा हुने योग छ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) गोपनीय ढङ्गले गरिएको क्रियाकलापमा सफलता पाउनुहुनेछ । मित्रवर्गबाट सोचेजस्तो लाभ प्राप्त हुनेछ । रमाइलो यात्राको योग पनि रहेको छ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) विशिष्ट व्यक्तिको साथ पाइनेछ । आँटेको र ताकेको कार्य पुरा होला । साहित्यिक क्षेत्रमा रुचि बढ्नेछ । परोपकारका क्षेत्रमा लगानीको समय छ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् ।

प्रकाशित मिति : २०८० जेष्ठ १६ गते मङ्गलवार