• २०८१ असोज ४ गते शुक्रवार
  • Preeti To Unicode

आजको राशिफल : वि.सं. २०८० साल ज्येष्ठ १७ गते बुधवार ।। श्री पाथिभरा माताकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य


वि.सं. २०८० ज्येष्ठ १७ गते बुधवार तदनुसार ई. सं. २०२३ मई ३१ तारिख, पिङ्गल नामक संवत्सर, सूर्य उत्तरायण, गृष्म ऋतु, कलिगत ५१२४, शाके १९४५, नेपाल सं. ११४३, किरातवर्ष ५०८३, मञ्जुश्री वर्ष २८५९, हिजरी सं. १४४४, इटहरी, सुनसरी, नेपालमा सूर्योदय : बिहान ०५:०५ बजे र सूर्यास्त : साँझ ०६:४३ बजे, चन्द्रोदय : दिउँसो ०२:०० बजे र चन्द्रास्त : मध्यरात्रीपछि ०२:०८ बजे,

काठमाण्डौ, नेपालमा सूर्योदय : बिहान ०५:११ बजे र सूर्यास्त : साँझ ०६:५३ बजे, पोखरा, कास्की, नेपालमा सूर्योदय : बिहान ०५:१६ बजे र सूर्यास्त : साँझ ०७:०० बजे, कञ्चनपुर, महाकाली, नेपालमा सूर्योदय : बिहान ०५:२९ बजे र सूर्यास्त : साँझ ०७:१६ बजे, ज्येष्ठ शुक्लपक्ष (तछलाथ्व) एकादशी तिथि, दिउँसो ११:१७ बजेसम्म, त्यसपछि द्वादशी तिथि, चित्रा नक्षत्र, (अहोरात्र व्याप्त) चन्द्रमा कन्या राशिमा, साँझ ०४:३८ बजेसम्म, त्यसपछि तुला राशिमा, व्यतिपात योग, साँझ ०६:५५ बजेसम्म, त्यसपछि वरीयान् योग, सुरुमा विष्टि/भद्रा करण दिउँसो ११:१७ बजेसम्म, त्यसपछि बब करण मध्यरात्रीपूर्व ११:२४ बजेसम्म, अन्तिममा बालब करण, (भद्राको वास : पाताललोक), आनन्दादि योग : कालदण्ड, चन्द्रवणर् : कालो (साँझ ०४:३८ बजेसम्म), त्यसपछि सेतो, चन्द्रदिशा : दक्षिण (साँझ ०४:३८ बजेसम्म)

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) नयाँ कामको थालनी हुनेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । जोशजाँगर र हिम्मत बढ्नेछ । बन्धु बान्धवबाट सहयोग मिल्नेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज लाभहानी, आयव्यय, सुखदुःख बराबरी खालको समय छ । नयाँ ज्ञान सिक्ने मौका छ, तर समय भने निकाल्न सकिँदैन ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज आदर्श ब्यक्तिको सहकार्यले नयाँ अनुभव मिल्नेछ । आँटेको र ताकेको कार्य पुरा होला । नयाँ काममा हात हाल्ने समय छ ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) चुनौती सामना गर्नुपर्दा चिन्ता र छटपटी बढ्न सक्छ । अनावश्यक ठाउँमा धन खर्च हुनेछ । लगानी गर्नु उपलब्धीमूलक हुँदैन ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आज गरेका कामबाट राम्रै लाभ हुनेछ । धर्मकर्ममा मन लाग्नेछ । शुभ तथा नयाँ कार्यको योजना बन्नेछ । प्रेम सम्बन्ध पनि राम्रो हुनेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आज जिद्दीपनाले गर्दा काम बिग्रने डर छ । महत्त्वपूर्ण कार्यमा व्यवधान आइपर्ला । स्वास्थ्य तथा सौन्दर्यतामा धन खर्च हुनेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) विपरित वर्गबाट विशेष सहयोग मिल्नेछ । जोशजाँगर र हिम्मत बढ्नेछ । बिनाप्रतिस्पर्धा फाइदा हुने योग छ । आफन्तले सहयोग गर्नेछन् ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आज धर्म, कर्म तथा समाजसेवा जस्ता कार्यमा मन लाग्नेछ । अतिथिका रूपमा सम्मान पाइनेछ । नयाँ कामको थालनी हुनेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) धार्मिक आस्था बढ्नेछ । अरुलाई प्रभावित पारेर काम बन्नेछ । श्रमको उचित मूल्याङ्कन हुनेछ । मिष्ठान्न भोजनको अवसर मिल्नेछ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आज नयाँ कार्यको सफल योजना बन्नेछ । आर्थिक लाभ तथा धनार्जन पनि हुनेछ, तर कुनै समाचारले मन भने बिथोल्न सक्छ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) नयाँ कार्य, रोजगार वा नयाँ कामको अवसर मिल्नेछ । आफन्तको प्रगतिमा मन रमाउनेछ । शेयर बजारको लगानीले पनि राम्रै हुनेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) रोकिएका काम पुनः सुरु हुन सक्छन् । जोशजाँगर र उमङ्ग बढ्नेछ । शुभकार्यको चर्चा चल्नेछ । वैदेशिक कार्य पनि अघि बढ्नेछ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् ।

प्रकाशित मिति : २०८० जेष्ठ १६ गते मङ्गलवार