• २०८१ असोज ४ गते शुक्रवार
  • Preeti To Unicode

आजको राशिफल : वि.सं. २०८० साल ज्येष्ठ ३२ गते बिहीवार ।। श्री पाथिभरा माताकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य


Subash Ghimire

वि.सं. २०८० ज्येष्ठ ३२ गते बिहीवार तदनुसार ई. सं. २०२३ जुन १५ तारिख, पिङ्गल नामक संवत्सर, सूर्य उत्तरायण, गृष्म ऋतु, कलिगत ५१२४, शाके १९४५, नेपाल सं. ११४३, किरातवर्ष ५०८३, मञ्जुश्री वर्ष २८५९, हिजरी सं. १४४४, इटहरी, सुनसरी, नेपालमा सूर्योदय : बिहान ०५:०५ बजे र सूर्यास्त : साँझ ०६:४९ बजे, चन्द्रास्त : दिउँसो ०४:०३ बजे र चन्द्रोदय : भोलि बिहान ०२:४३ बजे,

काठमाण्डौ, नेपालमा सूर्योदय : बिहान ०५:१० बजे र सूर्यास्त : साँझ ०६:५९ बजे ,पोखरा, कास्की, नेपालमा सूर्योदय : बिहान ०५:१५ बजे र सूर्यास्त : साँझ ०७:०६ बजे , कञ्चनपुर, महाकाली, नेपालमा सूर्योदय : बिहान ०५:२८ बजे र सूर्यास्त : साँझ ०७:२२ बजे , आषाढ कृष्णपक्ष (तछलागा) द्वादशी तिथि, बिहान ०९:१६ बजेसम्म, त्यसपछि त्रयोदशी तिथि, भरिणी नक्षत्र, दिउँसो ०३:१९ बजेसम्म, त्यसपछि कृतिका नक्षत्र, चन्द्रमा मेष राशिमा, बेलुका ०९:२२ बजेसम्म, त्यसपछि बृष राशिमा, सुकर्मा योग, भोलि बिहान ०३:१९ बजेसम्म, त्यसपछि धृति योग , सुरुमा तैतिल करण बिहान ०९:१६ बजेसम्म, त्यसपछि गर करण बेलुका ०९:०१ बजेसम्म, अन्तिममा वणिज करण, आनन्दादि योग : पद्म, चन्द्रवणर् : रातो (बेलुका ०९:२२ बजेसम्म)

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) राज्यबाट मान सम्मान पाइनेछ । विद्या र बुद्धिको विकास हुनेछ । दाम्पत्य जीवन सुखमय हुनेछ । बोलीको प्रभावले अरुको मन जित्न सकिनेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज दैनिक कार्यमा प्रगति हुनेछ । घरमा अतिथिको आगमन हुनेछ । रोकिएको धन हात पर्ला । राजनैतिक कार्यमा पनि सफलता मिल्नेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज नयाँ वस्त्र तथा अलंकार प्राप्ति हुनेछ । सामाजिक क्षेत्रमा सफलता मिल्नेछ । न्यायिक कार्यमा सफलता मिल्नेछ । भूमि लाभ पनि रहला ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) प्रतिष्ठित काम गरेर अवसर हात पार्ने समय छ । जोशजाँगर र उमंग बढ्ला । धर्मकर्म तथा समाज सेवामा मन लाग्नेछ । मनोबल उच्च पनि रहनेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) मित्रबाट विशेष सहयोग मिल्नेछ । नसोचेको ठाउँबाट धनगम हुनेछ । वैदेशिक क्षेत्रको कार्य अघि बढ्नेछ । विशिष्ट व्यक्तिको सहयोग पाइनेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आज भाग्यले विभिन्न अवसर जुराउनेछ । श्रमको उचित मूल्याङ्कन हुनेछ । स्वास्थ्यमा सुधार आउनेछ । शिक्षामा सफलता पनि पाइनेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज निर्णायक क्षमतामा कमी आउनेछ । प्रेममा मनमुटावका साथै मनमा शङ्का उत्पन्न हुनेछ । अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आज धर्म कर्ममा मन लाग्नेछ । आँटेको र ताकेको कार्य पुरा होला । साथीभाइको भेटघाटले मन प्रफुल्ल रहला । आकस्मिक धन लाभ हुनेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) यात्रा गर्दा सचेत हुनुपर्नेछ । महत्त्वपूर्ण अवसर गुम्न सक्छ । झन्झटिलो काममा संलग्न हुनुपर्ने समय छ । नजिकका व्यक्तिबाट धोका पाइएला ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) छोटो दुरीको लाभदायक यात्रा हुनेछ । शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ । नजिकको व्यक्तिबाट सहयोग पाइनेछ । शुभ समाचार सुन्न पाइएला ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) स्वास्थ्यमा सजग रहनु नै उचित हुनेछ । शुभ चिन्तकहरूको सुझावलाई बेवास्ता गर्दा दुःख पाइन सक्छ र दैनिक काममा अवरोधको सामना गर्नुपर्छ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आज भाग्यले राम्रै साथ दिनेछ । दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । सफल र माइलो यात्राको योग रहेको छ । धर्म, कर्ममा मन लाग्नेछ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् ।

प्रकाशित मिति : २०८० जेष्ठ ३२ गते बिहिवार