• २०८१ कार्तिक १० गते शनिवार
  • Preeti To Unicode

बजेट पारित हुन नदिने एकीकृत समाजवादीको निर्णय


काठमाडौं : नेकपा एकीकृत समाजवादीले यथास्थितिमा सरकारले ल्याएको बजेट पारित हुन नदिने निर्णय गरेको छ।सिंहदरबारमा बिहीबार बसेको समाजवादी संसदीय दलको बैठकले बजेटमा भएको असन्तुलन नसच्चाई यथास्थितिमा सरकारले ल्याएको बजेट पारित हुन नदिने निर्णय गरेको दलका उपनेता राजेन्द्र प्रसाद पाण्डले बताए।

बैठकले बजेटमा रहेका असन्तुलनलाई मिलाउनका लागि पार्टी अध्यक्ष माधव कुमार नेपालले प्रधानमन्त्री अर्थमन्त्रीका साथै गठबन्धन दलमा रहेका सबैसँग छलफल गर्ने निर्णय गरेको उनले बताए।उनले असन्तुलित विषयलाई सन्तुलित बनाएरमात्रै बजेट पारित गर्न सकिने बताए। बजेटको छलफलका क्रममा संसदमा समेत अर्थमन्त्रीले संशोधन गर्ने संकेत देखाएकाले आफूहरू संशोधन हुनेमा सकारात्मक रहेको उनको भनाइ छ। उनले १६५ निर्वाचन क्षेत्रबाट निर्वाचित सांसद घटीबढी नहुने भन्दै बजेट पनि सामानरूपमा वितरण हुनुपर्ने उल्लेख गरे। बैठकमा बजेटमा भएको असन्तुलनका बारेमा सबै सदस्यहरूले कडारूपमा धारणा राखेको पाण्डेले बताए।

एकीकृत समाजवादी पार्टीका सांसदहरुले यथास्थितिमा बजेट पास हुन नसक्ने बताएका छन् ।बिहीबार बसेको संसदीय दलको बैठकमा सांसदहरुले अहिले जस्तो छ, त्यस्तै अवस्थामा बजेट पास हुन नसक्ने बताए ।संसदीय दलका उपनेता राजेन्द्र पाण्डेले भने, ‘यो बजेटमा भएको असन्तुलनबारे कुरा उठाउनु भएको छ र यथास्थितिमा पास हुन्न भन्नु भएको छ ।’

यसबारे प्रधानमन्त्री र अर्थमन्त्रीका साथै सत्तारुढ गठबन्धनका नेताहरुसँग छलफल गर्न अध्यक्ष एवं संसदीय दलका नेता माधवकुमार नेपाललाई आग्रह गरेका छन् ।बजेट संशोधन गर्नै सकिन्न भन्नु गलत भएको भन्दै एकीकृत समाजवादीका दलका उपनेता पाण्डे भन्छन्, ‘१३८ जनाभन्दा धेरैले यो–यो सुधार गरेर भोट हाल्छौं भनिसकेपछि सरकार ढल्छ भन्ने भएन ।

प्रकाशित मिति : २०८० असार ७ गते बिहिवार