• २०८१ असोज ३ गते बिहिवार
  • Preeti To Unicode

आजको राशिफल : २०८० आषाढ ३० गते शनिवार। श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य


वि.सं. २०८० आषाढ ३० गते शनिवार तदनुसार ई. सं. २०२३ जुलाई १५ तारिख, पिङ्गल नामक संवत्सर, सूर्य उत्तरायण, गृष्म ऋतु, कलिगत ५१२४, शाके १९४५, नेपाल सं. ११४३, किरातवर्ष ५०८३, मञ्जुश्री वर्ष २८५९, हिजरी सं. १४४४, इटहरी, सुनसरी, नेपालमा सूर्योदय : बिहान ०५:१३ बजे र सूर्यास्त : साँझ ०६:५० बजे, चन्द्रास्त : साँझ ०४:३६ बजे र चन्द्रोदय : भोलि बिहान ०३:१३ बजे, काठमाण्डौ,

नेपालमा सूर्योदय : बिहान ०५:१९ बजे र सूर्यास्त : साँझ ०७:०० बजे, पोखरा, कास्की, नेपालमा सूर्योदय : बिहान ०५:२४ बजे र सूर्यास्त : साँझ ०७:०७ बजे, कञ्चनपुर, महाकाली, नेपालमा सूर्योदय : बिहान ०५:३७ बजे र सूर्यास्त : साँझ ०७:२३ बजे, श्रावण कृष्णपक्ष (अनलागा) त्रयोदशी तिथि, बेलुका ०८:३३ बजेसम्म, त्यसपछि चतुर्दशी तिथि, मृगशिरा नक्षत्र, मध्यरात्रीपछि ०१:१२ बजेसम्म, त्यसपछि आर्द्रा नक्षत्र, चन्द्रमा बृष राशिमा, दिउँसो १२:३२ बजेसम्म, त्यसपछि मिथुन राशिमा, बृद्धि योग, बिहान १०:२० बजेसम्म, त्यसपछि ध्रुव योग, सुरुमा गर करण बिहान ०८:१४ बजेसम्म, त्यसपछि वणिज करण बेलुका ०८:३३ बजेसम्म, अन्तिममा विष्टि/भद्रा करण, (भद्राको वास : स्वर्गलोक), आनन्दादि योग : वज्र, चन्द्रवणर् : सेतो (दिउँसो १२:३२ बजेसम्म), त्यसपछि पहेंलो, चन्द्रदिशा : दक्षिण (दिउँसो १२:३२ बजेसम्म)

आज : शनिप्रदोषव्रत, घण्टाकणर् चतुर्दशी, गथां मुगः चःह्रे पूजा आजको मुहूर्त : अग्निवास (यज्ञ र हवनादि), शिववास (रुद्रीपूजा/रुद्राभिषेक), आगामी ३ दिनभित्रपर्ने चाडपर्व, उत्सव र मुहूर्तादिको विवरण :-, ३१ गते : मुहूर्त : अग्निवास (यज्ञ र हवनादि), ०१ गते : श्रावण सङ्क्रान्ति, साउने सँग्राती, दर्शश्राद्ध, हलो तथा निशि बार्ने, सोमबारे औंसी, दक्षिणायन प्रारम्भ, कण्डारक पूजा, लुतो फाल्ने दिन, थारु गुरिया पर्व, बैतडी विश्वनाथ मन्दिरमा बनारसी साउने मेला सुरु, वर्षा ऋतु प्रारम्भ, ०२ गते : अधिकमास अपूपदानारम्भ, मत्स्यनारायणमेला सुरु, कमैया मुक्ति दिवस

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) कुनै कुराले मनमा शान्ति छाउनेछ । लाभदायक र खुसीपूर्ण यात्रा हुनेछ । अतिथिका रूपमा सम्मान पाइनेछ । चिताएको कामले तीव्रता पनि लिनेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज सानासाना कुरामा शंका र चिन्ता बढ्ने देखिन्छ । आफ्नै व्यक्तिहरूसँग झगडा पर्न सक्नेछ । आज टाढाको भ्रमणमा निस्कनु ठीक छैन ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज व्यक्तिगत कार्यमा सफलता मिल्नेछ । लत्ता कपडामा आकर्षण बढ्नेछ । चिन्ता हटेर मन हलुका हुनेछ । मनोरञ्जनमा सहभागी पनि भइएला ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) शरीरमा स्फूर्ति र उमङ्गको कमी हुनेछ । व्यक्तिगत खुसीका लागि केही धन खर्च भने अवश्य हुनेछ, तर आत्मबल बढाएर काम गरेमा असफल भइँदैन ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आज मनमा उत्साहका साथै बोली बिक्ने समय छ । शुभकार्यको चर्चा चल्नेछ । नयाँ जिम्मेवारी पाइएला । साझेदारी र सट्टापट्टामा विशेष लाभ मिल्नेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आज आर्थिक सङ्कटले गर्दा मनमा अशान्ति र छटपटी व्याप्त हुनसक्छ । यात्रामा मालसामान पनि हराउन सक्छ, तर अन्तिम समयमा काम बन्नेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज उपहार प्राप्त होला । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ, तर दिनको उत्तरार्धमा धन खर्च हुनेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) नयाँ कार्यको योजना बन्ने र धार्मिक यात्राको योग छ । नजिकको व्यक्तिबाट आँटेको काम सफल हुनेछ, तर पारिवारिक सुखका लागि धन खर्च हुनसक्छ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आज गरेको कामबाट अपेक्षाकृत सफलता हात पर्नसक्छ । आफन्त एवं इष्टमित्रसँग भेटघाट होला । शेयर बजारमा आकर्षण र लाभको अवसर आउनेछ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) शुभ चिन्तकहरूले पूर्ण समर्थन प्रदान गर्नेछन् । घरमा अतिथिको आगमन हुनेछ । पुरानो स्वास्थ्य राम्रो रहनेछ भने खुसीका निम्ति केही खर्च हुनसक्छ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) आज चलाखीपूर्ण बोलीले काम बन्ने र आर्थिक लाभ हुनेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । आर्थिक एवं व्यावसायिक क्षेत्र सुदृढ रहनेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आँटेको र ताकेको कार्य पुरा होला । टाढाका नातागोता वा परिवारजनसँग भेटघाट हुनेछ । समस्या सुल्झाउन सकिनेछ । शुभकार्यको चर्चा पनि चल्नेछ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् ।

प्रकाशित मिति : २०८० असार ३० गते शनिवार