• २०८१ कार्तिक ९ गते शुक्रवार
  • Preeti To Unicode

आजको राशिफल : वि.सं. २०८० श्रावण ०७ गते आइतवार। श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य


वि.सं. २०८० श्रावण ०७ गते आइतवार तदनुसार ई. सं. २०२३ जुलाई २३ तारिख, पिङ्गल नामक संवत्सर, सूर्य दक्षिणायन, वर्षा ऋतु, कलिगत ५१२४, शाके १९४५, नेपाल सं. ११४३, किरातवर्ष ५०८३, मञ्जुश्री वर्ष २८५९, हिजरी सं. १४४५, इटहरी, सुनसरी, नेपालमा सूर्योदय : बिहान ०५:१६ बजे र सूर्यास्त : साँझ ०६:४७ बजे, चन्द्रोदय : बिहान ०९:४८ बजे र चन्द्रास्त : बेलुका १०:०५ बजे,

काठमाण्डौ, नेपालमा सूर्योदय : बिहान ०५:२२ बजे र सूर्यास्त : साँझ ०६:५७ बजे, पोखरा, कास्की, नेपालमा सूर्योदय : बिहान ०५:२७ बजे र सूर्यास्त : साँझ ०७:०४ बजे, कञ्चनपुर, महाकाली, नेपालमा सूर्योदय : बिहान ०५:४० बजे र सूर्यास्त : साँझ ०७:२० बजे, श्रावण शुक्लपक्ष (अनलाथ्व) पञ्चमी तिथि, बिहान ०८:०४ बजेसम्म, त्यसपछि षष्ठी तिथि, उत्तराफाल्गुनी नक्षत्र, साँझ ०५:१० बजेसम्म, त्यसपछि हस्ता नक्षत्र, चन्द्रमा कन्या राशिमा (अहोरात्र व्याप्त), परिघ योग, दिउँसो १२:५५ बजेसम्म, त्यसपछि शिव योग, सुरुमा बालब करण बिहान ०८:०४ बजेसम्म, त्यसपछि कौलव करण बेलुका ०८:४३ बजेसम्म, अन्तिममा तैतिल करण, आनन्दादि योग : मित्र, चन्द्रवणर् : कालो, चन्द्रदिशा : दक्षिण, योगिनीदिशा : दक्षिण (बिहान ०८:०४ बजेसम्म), त्यसपछि पश्चिम, वारशूल : पश्चिम,

वाणपञ्चकमध्ये चोर वाण : सूर्योदयपूर्व १२:०० बजेदेखि मध्यरात्रीपछि ०१:०७ बजेसम्म, नक्षत्र शूल : उत्तर, कालराहु चक्रमा कालको दिशा : उत्तर र पाशको दिशा : दक्षिण, आज : कमरेड पुष्पलाल स्मृति दिवस,आगामी ३ दिनभित्रपर्ने चाडपर्व, उत्सव र मुहूर्तादिको विवरण :- ०८ गते : मुहूर्त : अन्नप्रासन (पास्नी), ०९ गते : द्विपुष्कर योग दिउँसो १०:०७ बजेसम्म. १० गते : बुधाष्टमीव्रत, गोरखकालीपूजा, साहित्यकार कृष्णलाल स्मृति दिवस (मकै पर्व), मुहूर्त : अन्नप्रासन (पास्नी)

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । विशिष्ट व्यक्तिको सहयोग मिल्ला । विद्या र बुद्धिको विकास हुनेछ । दाम्पत्य जीवन पनि सुखमय हुनेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज मनमा शङ्का र मनमा दुबिधा उत्पन्न होला । आर्थिक मन्दी आउने र सौन्दर्यतामा धन खर्च हुनेछ । सामान हराउन पनि सक्छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । जीवनसाथीको सल्लाहमा गरिएको कार्यबाट सफलता मिल्नेछ । घरमा अतिथिको आगमन पनि हुनेछ ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आज झन्झटिलो काममा संलग्न हुनुपर्ने समय छ । गरेका काममा पनि ढिलासुस्ती हुने देखिन्छ, तर साँझमा केही लाभमूलक काम हुनेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) प्रेमीको सहयोग प्राप्त हुनेछ । कलासाहित्य तथा सङ्गीतमा रुचि बढ्नेछ । नयाँ व्यक्ति सँग भेटघाट हुनेछ । साहित्यिक क्षेत्रमा पनि रुचि बढ्नेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आज कामको गति सुस्त हुनाले प्रतिफल पनि प्रभावित हुनेछ । आफ्नै कमजोरीले लक्ष्यमा पुग्न नसकिएला । यात्रा पनि कमजोर रहला ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) नाम, दाम, प्रतिष्ठा र पुरस्कार प्राप्त हुनसक्छ । रमणीय र सुखद् यात्राको योग छ । जीवनसाथीको सल्लाहमा गरिएको कार्यमा सफलता मिल्नेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आज रमणीय र सुखद् यात्राको योग छ । आदर्श व्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ । राज्यबाट मान सम्मान पाइनेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) चलाखीपूर्ण बोलीले सङ्कल्प सिद्ध हुनेछ । स्वास्थ्यमा लाभ र आराम मिल्नेछ । वित्तिय संस्थाबाट सहयोग पाइनेछ । बहुमूल्य वस्तु हात पर्नेछ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) शुभ समाचार सुन्न पाइएला । मनमा हर्ष, उमङ्ग र उत्साह रहला । बन्धुबान्धवबाट सहयोग मिल्नेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) आज विशिष्ट व्यक्तिको भेटघाटले मन प्रसन्न हुनेछ । रोकिए काम दोहोर्याएर गर्दा फाइदा हुन सक्नेछ । बोलीको भरमा कार्य सम्पादन हुनेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) रमणीय र सुखद् यात्राको योग छ । महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । चिन्ता छाडेर चिन्तन गर्ने समय छ । दिनको उत्तरार्ध सुखद् रहनेछ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् ।

प्रकाशित मिति : २०८० साउन ७ गते आइतवार