• २०८१ असोज ४ गते शुक्रवार
  • Preeti To Unicode

इटहरी गोल्डकप फूटबलको १४औँ संस्करण चैत्र १० बाट


सुनसरी । अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी गोल्डकप फूटबलको १४औँ संस्करण रात्रिकालीन हुने भएको छ। यहि चैत्र १० गतेबाट सुरु हुने प्रतियोगिताको आयोजक राष्ट्रिय जागृति क्लबले पत्रकार सम्मेलनको आयोजना गरेर “१४औँ अन्तर्राष्ट्रिय आमन्त्रण कन्ट्रोल इटहरी गोल्डकप-२०८० ” बारे मङ्गलबार जानकारी गराएको हो ।

चैत्र १७ गते सम्म हुने रात्रिकालीन गोल्डकपको तयारीसँगै इटहरी रंगशालाको पूर्व र पश्चिमतर्फको कुनामा एक-एकवटा फ्लड लाइट जडान गरिसकिएको छ । गोल्डकपमा भारतबाट मानेभञ्ज्याङ फुटबल क्लब, कन्चनजंघा फुटबल क्लब तथा नेपालका त्रिभुवन आर्मी, एन.आर.टि काठमाडौँ, चर्च ब्वाइज यूनाईटेड, एपि एफ, मच्छिन्द्र फुटबल क्लब काठमाडौँ, बिर्तामोड यूनाइटेड क्लब झापा, सगरमाथा यूथ क्लब र आयोजक राष्ट्रिय जागृति क्लबले प्रतिस्पर्धा गर्नेछन् ।

विजेताले १० लाख रुपैयाँ नगद प्राप्त गर्ने छन् भने, उपविजेताले ५ लाख रुपैयाँ प्राप्त गर्नेछन् । त्यस्तै सर्वोत्कृष्ट बन्ने खेलाडीले इटहरी वडा नम्बर ६ बाट प्रायोजित एक लाख रुपैयाँ नगद प्राप्त गर्नेछ । प्रतियोगिताको अनुमानित खर्च पचहत्तर लाख पचास हजार रुपैयाँ छ, जसमा इटहरीले दश लाख रुपैयाँ प्रदान गर्नेछ ।

कन्ट्रोल लुब्रिकेन्टको मुख्य प्रायोजन रहने गोल्डकपले इटहरी र फुटबल जगतको प्रवद्र्धनका लागि महत्वपूर्ण टेवा पुर्याउने आयोजकको विश्वास छ । २०२३ सालमा स्थापना गरिएको क्लबले सामाजिक कार्यक्रमसँगै ८ देखि १२ वर्ष मूनीका बालबालिकालाई ग्रासरुट प्रशिक्षणको काम गर्दैछ ।

 

 

प्रकाशित मिति : २०८० फाल्गुन २२ गते मङ्गलवार