• २०८१ असोज ४ गते शुक्रवार
  • Preeti To Unicode

पथरीमा १५ वर्षीय किशोरीको हत्या


पथरी । मोरङको पथरीशनिश्चरे–७ लामाटोलीमा एक किशोरीको धारिलो हतियार प्रयोग गरि हत्या भएको छ । आफन्तको घरमा बस्दै आएकी खोटाङकी १५ वर्षीय ज्ञानकुमारी राईको अज्ञात व्यक्तिले हत्या गरेका हुन् ।

सोमबार बेलुका खाना खाएर सुति सकेको समयमा ठुलो आवाज आई हेर्न जादा बहिनीलाई कसैले धारीलो हतियार प्रयोग गरि भागेको अवस्थामा दाजु (मामाका छोरा) विमल र भाउजुले फेलापारेका थिए । घटना लगतै विमलले स्थानियको सहयोगमा प्रहरीलाई खवर गरेका थिए ।

घटना घटेको केहि समयमै घटना स्थललाई ईलाका प्रहरी कार्यलय पथरीले नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरि सकेको छ । घटना स्थलमा कुकुर प्रयोग गरिए पनि रातको १ बजि सकेको कारण थप अनुसन्धान मंगलबारबाट हुने जिल्ला प्रहरी कार्यलय मोरङका एस पि नवराज कार्कीले जानकारी दिए।

प्रकाशित मिति : २०८० फाल्गुन २२ गते मङ्गलवार