• २०८१ असोज ४ गते शुक्रवार
  • Preeti To Unicode

इटहरीमा मिनी ट्रकले ठक्कर दिँदा काका-भतिजको मृत्यु


सुनसरी । इटहरीको खनार चोकमा सवारी दुर्घटनामा परि दुई जनाको मृत्यु भएको छ । मृत्युहुनेमा बेलबारी–८ का बरियातीझारका २३ वर्षीय विपिन दाहाल र मोटरसाइकल पछाडि सवार उनका भतिज ६ वर्षीय अबि दाहालको मृत्यु भएको हो ।

शुक्रवार विराटनगरबाट इटहरी तर्फ आउँदै गरेको प्र १-०२-०४१ प ७६१९ नम्बरको मोटरसाइकललाई विपरीत दिशाबाट जाँदै गरेको प्र १-०२-००१ क ३९७८ नम्बरको मिनी ट्रकले ठक्कर दिँदा उनिहरुको मृत्यु भएको हो । दिनको २ बजे भएको दुर्घटनामा गम्भीर घाइते भएको उनीहरूको उपचारको क्रममा विराटनगर स्थित कोसी अस्पतालमा शुक्रवार साँझ मृत्यु भएको कोशी प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ।

ट्रक चालक इटहरी-२ बस्ने ३० वर्षीय प्रदीप कोइरालालाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८० फाल्गुन २६ गते शनिवार