• २०८१ कार्तिक १० गते शनिवार
  • Preeti To Unicode

सुर्खेत जीप दुर्घटना ४ जनाको मृत्यु पुग्यो


सुर्खेत । सुर्खेतबाट कालिकोट जाँदै गरेको बोलेरो जीप दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ४ पुगेको छ ।

बिहीबार बिहान भे १ च २५६० नम्बरको बोलेरो जीप रातानाङ्गला नजिक दुर्घटना हुँदा चार जनाको भएको छ बहने ५ जना घाइते भएका छन् ।

जीप सडकबाट ३ सय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । प्रहरीका अनुसार जीप राति दुर्घटना भएपनि बिहान मात्र उद्धार कार्य भएको थियो । जीपमा १० यात्रु रहेको प्रहरीले बताएको छ ।

प्रकाशित मिति : २०८१ जेष्ठ १७ गते बिहिवार