• २०८१ कार्तिक १० गते शनिवार
  • Preeti To Unicode

मनोरञ्जन तथा यौन श्रमिक महिलालाई मानवअधिार सम्बन्धि तालिम सम्पन्न


सुनसरी । महिला सहयोगी समूह इटहरी सुनसरीको आयोजनामा समूह सवलीकरणका लागि तीन दिने क्षमता अभिवृद्धि तालिम सम्पन्न भएको छ ।

फ्रिडम फाउण्डको सहयोगमा कोशी प्रदेशको राजधानी विराटनगरमा सम्पन्न तालिममा मनोरञ्जन क्षेत्र तथा यौन श्रमिक महिलाहरुलाई मानव अधिकारका विषयमा प्रशिक्षण गरिएको थियो । मनोरञ्जन क्षेत्रमा काम गर्ने महिलाहरु माथि हुने गरेको यौनजन्य तथा अन्य दूरव्यवहार, यौन श्रमिकमाथि हुने गरेको दूरव्यवहारका विषयमा पनि चर्चा गरिएको थियो ।

कार्यक्रमको विषयमा जानकारी दिदै महिला सहयोगी समूहकी अध्यक्ष बिमला मल्ल ठकुरीले राज्य समाजबाट पछाडि पारिएको तथा दृष्टिगत हिसाबले त्यागिएको महिला, मनोरञ्जन क्षेत्रमा काम गर्ने महिलाहरुलाई  अधिकार हननको अवस्थामा न्यायको लागि पहलकदमी, आफ्नो आत्मरक्षाका विषयमा प्रशिक्षण गरिएको बताइन् । त्यस्तै यौन श्रमिक महिलाहरुलाई आफ्नो पेशा, कानुनी प्रावधानका विषयमा जानकार गराउनका लागि पनि तालिमको आयोजना गरिएको उनले बताइन् ।

२५ जनाको सहभागिता रहेको तालिम बिहीबारबाट सुरु भएर शनिबार सम्पन्न भएको छ । तालिमको सहजिकरण अधिवक्ता परिचय अधिकारीले गरेका थिए ।

प्रकाशित मिति : २०८१ असार ९ गते शनिवार