• २०८१ साउन १२ गते शनिवार
  • Preeti To Unicode

वि.सं. २०७७ फाल्गुन २३ गते आइतवार, निकै राम्रो छ यी राशिको भाग्य, हेर्नुहोस् दैनिक राशिफल


२०७७ फागुन २३ गते, आइतवार, ७ मार्च २०२१ । फाल्गुण कृष्णपक्ष , नवमी तिथि , मूल नक्षत्र, चन्द्रराशि – धनु । इटहरी, सुनसरी, नेपालमा सूर्योदय : बिहान ०६ : १७ बजे र सूर्यास्त : साँझ ०५:५९ बजे, काठमाण्डौं, नेपालमा सूर्योदय : बिहान ०६:२५ बजे र सूर्यास्त :

साँझ ०६:०७ बजे, पोखरा, कास्की, नेपालमा सूर्योदय : बिहान ०६:३१ बजे र सूर्यास्त : साँझ ०६:१२ बजे,

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) कला र गलाको प्रभाव बढ्नेछ । भाग्यले विभिन्न अवसर जुराउनेछ । विपरीत वर्गप्रति आकर्षण बढ्नेछ । राजनैतिक क्षेत्रमा सफलता मिल्नेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) परोपकारजन्य कार्यमा लगाव बढ्ने र धनसञ्चयको अवसर प्राप्त हुनेछ । आजको दिन हाँसखेल र मनोरञ्जनपूर्ण समय हो । व्यवसायिक क्षेत्रबाट लाभ हुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) परिणाममुखी जिम्मेवारी वहन गर्ने समय आएको छ । मठ–मन्दिरको भ्रमणले काम सम्पन्न गर्न थप ऊर्जा प्रदान गर्नेछ । परोपकारी कार्यमा संलग्न भइनेछ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) वाणीमा कुशलता आउने दिन परेको छ । करियरको क्षेत्रमा मन मिल्ने साथीको सुझावले महत्त्वपूर्ण भुमिका निर्वाह गर्नेछ । यात्रा गर्ने अवसर पनि जुट्नेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) यात्रा गर्दा ध्यान दिनुहोला बाटोमा दु:ख हुन सक्छ । काम बिगार्न चाहनेहरू अगाडि बढ्न सक्छन् । स्वरोजगारीका निम्ति दौडधूप गर्नुपर्ने हुन सक्छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आज भाग्यले साथ दिनेछ । आज परोपकार तथा सहयोग आदिमा पनि भूमिका निर्वाह गर्न पाइनेछ । सजिलै अरूको मन जित्न पनि सकिनेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज घरायसी वातावरणमा केही असामान्यता देखिन सक्छ । झिनामसिना काममा धेरै समय खर्चनु पर्नेछ । आम्दानीमा पनि कमी आउनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) बोलीवचन एवं प्रवचन–भाषण आदिमा प्रशंसा मिल्नेछ । परोपकारी कार्यमा संलग्न भइनेछ । रचनात्मक कार्यमा जुट्दा फाइदा हुने समयछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आज आफन्त, सहयोगी र मित्रवर्गको सहयोगले महत्त्वपूर्ण कार्य सम्पन्न हुनसक्छ । गोपनीय ढङ्गले गरिएको क्रियाकलापमा सफलता पाउनुहुनेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आज कसैलाई परदेशी घर फर्कने योग छ । घरपरिवारमा रमाइलो वातावरण छाउनेछ । समाज र परोपकारका समय बित्न सक्छ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) धार्मिक र सामाजिक महत्त्वको क्षेत्रको भ्रमण हुनसक्छ । दुरदराजमा रहेका आफन्तजनसँग सम्बन्ध कायम हुनेछ । रोकिएका काम पुनः सुरु हुन सक्छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) नाता–कुटुम्बको आगमन हुने एवं परिवारमा नयाँ सदस्य थपिन पनि सक्ने सम्भावना छ । आफूसँग भएको क्षमता प्रदर्शन गर्ने अवसर पनि जुट्ला ।

(द्रष्टव्य : यो पञ्चाङ्गको सूर्योदय, सूर्यास्त, तिथि, नक्षत्र, योग, करण आदिमा उल्लिखित समयादि इटहरी, सुनसरी, नेपालको अक्षांश : २६:४० उत्तर तथा देशान्तर : ८७:१६ पूर्व र नेपालको निर्धारित राष्ट्रिय समयलाई आधार मानी सूर्यसिद्धान्तको प्रयोग गरी गणना गरिएको हो, साथै राशिफल लेख्दा चन्द्रमाको दैनिक गति, चन्द्रमामा पर्ने शनि एवं बृहस्पतिको दृष्टि, वेधस्थान र विपरीत वेधस्थान समेतको गणना गरिएको छ )

प्रकाशित मिति : २०७७ फाल्गुन २३ गते आइतवार