• २०८१ साउन १२ गते शनिवार
  • Preeti To Unicode

प्रचण्ड माधव समूहको निर्णय : माधव नेपाल समूह एमालेमै, प्रचण्डले माओवादी केन्द्र ब्यूँताउने


काठमाडौं : प्रचण्ड- माधव समूहको स्थायी कमिटी बैठक सकिएको छ। बैठक अब अब माओवादी माओवादीतिर र एमाले एमालेतिरै लाग्ने निष्कर्षसहित सकिएको हो। बैठक माओवादी केन्द्र को केन्द्रीय कार्यालय पेरिस डाँडा मा बैठक सुरु भएको थियो। सोमवार सर्वोच्च अदालतले नेपाल

कम्युनिस्ट पार्टी (ने क पा) को नाम विवाद टुंग्याएसँगै राजनीति नयाँ मोडमा पुगेको हो जसले विधिवत रुपमा नेकपा एमाले र नेकपा माओवादी केन्द्र फरक फरक पार्टीलाई व्युँताएको थियो।बैठकले सर्वोच्च अदालतको फैसलालाई सम्मान गर्दै त्यसको कार्यान्वय गर्ने गरी नेताहरु अघि बढ्ने निर्णय गरेको नेता गणेश साहले बताए।’माओवादी र एमाले अदालतको निर्णयअनुसार अघि बढ्ने प्रचण्ड नेपाल समूहको स्थायी कमिटीको बैठकले निर्णय गरेको छ,’ स्थायी कमिटी सदस्य गणेश साहले भने। प्रचण्ड माधव समूहको यो रुपमा भएको स्थायी कमिटीको बैठक यो नै अन्तिम भएको नेता नारायणकाजी श्रेष्ठले बताए। उनले अदालतले गरेका निर्णय अस्पष्ट रहेकोले यसको कार्यान्वयनमै अप्ठेरो अवस्था आउन सक्ने बताए। श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिनैपर्ने बाध्यात्मक अवस्था आइसकेकोसमेत बताए।

सोमबार बसेको स्थायी कमिटी बैठकले नेता माधवकुमार नेपालसहित पूर्वएमाले नेताहरु एमालेमै रहने र पुष्पकमल दाहाल प्रचण्डसहित माओवादी केन्द्रका नेताहरुले माओवादी केन्द्र नै ब्यूँताउने निर्णय गरेको एक स्थायी कमिटी सदस्यले जानकारी दिए ।सर्वोच्च अदालतले आइतबार नेकपा एमाले र माओवादी केन्द्रबीचको एकतालाई मान्यता नदिई एमाले र माओवादी केन्द्रलाई ब्यूँताइदिएको थियो । सर्वोच्चको फैसलापछिको रणनीति तय गर्न सोमबार प्रचण्ड-माधव समूहले स्थायी कमिटी बैठक बोलाएको थियो ।प्रचण्ड–माधव समूहका प्रवक्ता नारायणकाजी श्रेष्ठले सर्वोच्च अदालतको फैसलाप्रति आफूहरुको असहमति हुँदाहुँदै कार्यान्वयन गर्नुपर्ने बाध्यता रहेको बताए । उनले नेकपा पार्टीको नामबाट हुने यो अन्तिम बैठक हुन सक्ने बताए । ‘यस प्रकारको बैठक यो अन्तिम हुन सक्छ, सर्वोच्च अदालतको फैसला कार्यान्वयनको चरणमा जाने नै भयो’ उनले भने ।

‘सर्वोच्चको फैसला राजनीतिबाट प्रेरित’
नेता श्रेष्ठले सर्वोच्च अदालतको फैसला राजनीतिबाट प्रेरित भएको बताए । ‘सर्वोच्चको फैसला रिट निवेदकको मागदावी भन्दा बाहिर गएर गरिएको राजनीतिक फैसला हो ।‘पार्टीको नाम सम्बन्धमा परेको रिटमा नामका बारेमा निश्कर्ष निकाल्नुपर्ने, आदेश गर्नुपर्ने यसको उत्तरदायित्व जिम्मेवारी हुँदाहुँदै त्यसभन्दा बाहिर गएर फैसला गरिएको छ’ उनले भने ।

रिट निवेदकको माग दावीअनुसार फैसला भएको भए स्वागत गर्ने भन्दै नेता श्रेष्ठले कुनै राजनीतिक दलको एकता गर्ने वा नगर्ने र एकीकृत पार्टी विभाजन गर्ने फैसलाप्रति गम्भीर असहमति व्यक्त गरेको उनले बताए ।‘यो फैसलाप्रति हाम्रो गम्भीर असहमति छ । असहमति हुँदाहुँदै आफ्नै ढंगले कार्यान्वयनमा जानेछ’ श्रेष्ठले भने ।

प्रकाशित मिति : २०७७ फाल्गुन २४ गते सोमवार