• २०८१ असोज ३ गते बिहिवार
  • Preeti To Unicode

प्रतिनिधि सभा बैठकमा ओलीले दिने निर्देशन पालना गरेर अघि बढ्ने माधब पक्षका नेताको निर्णय


नेकपा (एमाले)को माधवकुमार नेपाल पक्षका सांसद कृष्णभक्त पोखरेलले प्रतिनिधि सभा बैठकमा केपी शर्मा ओलीले दिने निर्देशन पालना गरेर अघि बढ्ने बताएका छन्। सर्वोच्च अदालतले नेकपा एकीकरण खारेज गरेर साविकको एमाले र माओवादी कायम गरे पनि फागुन २३ गते

बसेको प्रतिनिधि सभा बैठक माधव नेपाल पक्षका सांसदहरूले बैठक बहिष्कार गरेका थिए।आजको बैठकमा भने नेपाल पक्षका सांसदहरूले अब एमाले संसदीय दलको नेताको हैसियतमा केपी शर्मा ओलीको निर्देशन पालना गर्ने जनाएका छन्।’संसदीय दलका नेता केपी ओलीको निर्देशन हामी पालना गर्छौं’, पोखरेलले भने, ‘अब हामी नेकपा एमाले भयौं। विधिवत् दलको नेता केपी केपी ओली हुनुहुन्छ। उहाँबाट निर्देशन आउँछ, त्यहीअनुसार हामी एमालेका सबै सांसद अघि बढ्नु पर्ने हाम्रो कानुनी र सम्पूर्ण हिसाबको दायित्व हो।’प्रतिनिधि सभा बैठक आज दिउँसो १ बजे बस्दैछ।

एमाले र माओवादी केन्द्र अलग भएको पत्र संसद सचिवालयमा
नेकपा एमाले र माओवादी केन्द्र अलग–अलग पार्टी रहेको पत्र निर्वाचन आयोगबाट संसद सचिवालयमा आइपुगेको छ । यद्यपि संसद बैठकमा एमाले र माओवादी केन्द्रका सांसदहरु सत्तापक्षकै सिटमा बस्ने भएका छन् ।

संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता नलिएका कारण दुवै पार्टीका सांसद सत्तापक्षकै लहरमा बस्ने बताए ।सर्वोच्च अदालतको फैसला अनुसार निर्वाचन आयोगले नेकपा एमाले र माओवादी केन्द्र अलग–अलग भएको निर्णय गरेको थियो ।

यसअघि गत आइतबार सर्वोच्च अदालतले एमाले र माओवादी केन्द्रको पार्टी एकीकरण बदर गरिदिएको थियो । सर्वोच्चको सो फैसलासँगै यी दुई दल पूर्ववत अवस्थामा फर्किएका छन् ।

प्रकाशित मिति : २०७७ फाल्गुन २६ गते बुधवार