• २०८१ असोज ३ गते बिहिवार
  • Preeti To Unicode

वि.सं. २०७७ फाल्गुन २७ गते बिहीवार, निकै राम्रो छ यी राशिको भाग्य, हेर्नुहोस् दैनिक राशिफल


२०७७ फागुन २७ गते, बिहीवार, ११ मार्च २०२१। फाल्गुण कृष्णपक्ष, त्रयाेदशी तिथि ( १४ः५२ बजेदेखि चतुर्दशी ) । धनिष्ठा नक्षत्र। चन्द्रराशि– मकर,९ः४९ बजेदेखि कुम्भ। इटहरी, सुनसरी, नेपालमा सूर्योदय : बिहान ०६ :१३ बजे र सूर्यास्त : साँझ ०६ :०२ बजे, काठमाण्डौं , नेपाल मा सूर्योदय : बिहान

०६:२१ बजे र सूर्यास्त : साँझ ०६:०९ बजे. पोखरा, कास्की, नेपालमा सूर्योदय : बिहान ०६:२६ बजे र सूर्यास्त : साँझ ०६:१४ बजे

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) लाभ, हानी, आय, व्यय, सुख, दुख वरावरी खालको समय छ । सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै लाभ मिल्नेछ । ज्ञानमा वृद्धि पनि हुनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) अनावश्यक ठाउँमा धन खर्च हुनसक्छ । निर्णय कार्यान्वयन हुन सक्दैनन् । मनमा दुविधा उत्पन्न हुनेछ । मतिभ्रष्ट हुने समय छ, सचेत रहनु होला ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । नयाँ कार्यको योजना बन्नेछ । प्रेमीको सहयोग पाईनेछ । नजिकको मित्रसँग भेटघाट हुनेछ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) नयाँ कार्य वा रोजगारको अवसर मिल्नेछ । नयाँ कामको थालनी होला । मान प्रतिष्ठामा बृद्धि होला । आफन्तको प्रगतिमा मन रमाउनेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आज अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । गरेका कामबाट राम्रै लाभ हुनेछ । धर्म,कर्ममा मन लाग्नेछ । प्रेम सम्बन्ध पनि कसिलो हुनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) जिद्दीपनाले गर्दा काम बिग्रने डर छ । महत्त्वपूर्ण कार्यमा व्यवधान आइपर्ला । सौन्दर्यतामा धन खर्च हुनेछ । सरकारी निकाएको भय रहला ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आदर्श ब्यक्तिको सहकार्यले नयाँ अनुभव मिल्नेछ । आँटेको र ताकेको कार्य पुरा होला । शुभकार्यको चर्चा चल्नेछ । नयाँ काममा हात हाल्ने समय छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आज नयाँ कामको थालनी हुनेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । जोश जाँगर र हिम्मत बढ्नेछ । बन्धु बान्धवबाट सहयोग मिल्नेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आज विपरित वर्गबाट विशेष सहयोग मिल्नेछ । जोश जाँगर र हिम्मत वढ्नेछ । बिनाप्रतिस्पर्धा फाइदा हुने योग छ । ताकेको कार्य पनि पुरा होला ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आज रोकिएका काम पुनः सुरु हुन सक्छन् । जोश,जाँगर र उमङ्ग बढ्नेछ । शुभकार्यको चर्चा रचल्नेछ । वैदेशिक कार्य पनि अघी बढ्नेछ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) आज सामाजिक र धार्मिक कार्यमा रुचि बढ्नेछ । श्रमको उचित मुल्याङ्कन हुनेछ । नजिकैका व्यक्तिबाट साथ र सहयोग पनि पाईनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आज जीवनसाथीको सल्लाहमा गरिएको कार्यमा सफलता मिल्नेछ । छोटो दुरीको लाभदायक यात्रा हुनेछ । शुभकार्यको चर्चा पनि चल्नेछ ।

(द्रष्टव्य : यो पञ्चाङ्गको सूर्योदय, सूर्यास्त, तिथि, नक्षत्र, योग, करण आदिमा उल्लिखित समयादि इटहरी, सुनसरी, नेपालको अक्षांश : २६:४० उत्तर तथा देशान्तर : ८७:१६ पूर्व र नेपालको निर्धारित राष्ट्रिय समयलाई आधार मानी सूर्यसिद्धान्तको प्रयोग गरी गणना गरिएको हो, साथै राशिफल लेख्दा चन्द्रमाको दैनिक गति, चन्द्रमामा पर्ने शनि एवं बृहस्पतिको दृष्टि, वेधस्थान र विपरीत वेधस्थान समेतको गणना गरिएको छ )

प्रकाशित मिति : २०७७ फाल्गुन २७ गते बिहिवार