• २०८१ साउन १२ गते शनिवार
  • Preeti To Unicode

ओलीको एक्शन : रामकुमारी झाक्रीलाई एमाले पार्टीको साधारण सदस्य समेत नरहने गरि निस्कासित !


काठमाडौं ।सर्वोच्च अदालत ले नेकपा एमाले र माओवादी केन्द्र लाई पुरानै अवस्थामा फर्काइदिए पछि तत्कालीन एमालेमा रहेका सबै नेताहरू पुनः एमालेमा नै फर्किएको उद्घोष गरेका छन् ।सर्वोच्चले आइतबार ऋषि कट्टेल रहेको नेकपालाई आधिकारिकता दिएपछि राजनीतिले नाटकीय

रूप लिन पुगेको थियो । सर्वोच्चको फैसलाअनुसार नै एमाले र माओवादी केन्द्र अस्तित्वमा आएसँगै तत्कालीन नेकपा दाहाल नेपाल समूहका अध्यक्ष रहेका माधवकुमार नेपाल, झलनाथ खनाललगायतका सबै नेताहरू एमालेमा नै समाहित भएका छन् ।नेपाल, खनाललगायतका दाहाल नेपाल समूहमा रहेका तत्कालीन एमालेका सबै नेता अब केपी शर्मा ओली अध्यक्ष रहेको नेकपा एमालेमा समाहित भएका हुन् । उता तत्कालीन नेकपाका अध्यक्ष रहेका पुष्पकमल दाहाल प्रचण्डले पनि माओवादी केन्द्रमार्फत नै राजनीतिक गतिविधि अघि बढाउने निर्णय गरेका छन् । दाहाल नेपालको सोमबारको निर्णयपछि दुवै नेताको एकै दलको सम्बन्ध भने बिच्छेद भएको छ ।

नेपाल समुह एमालेमै फर्किएपछि अहिले सामाजिक संजालमा ओली निकट नेता कार्यकर्ताले भिभिन्न किसिमका माग गर्दै आइरहेका छन् । भिम रावल, राम कुमारी झाक्रीलाइ त पार्टी बाट निस्कासन गर्न सुझाव सम्म दिएका छन् ।यसै क्रममा एमालेका ओली निकटका कार्यकर्ता प्रेम भण्डारीले राम कुमारी झाक्रीलाइ पार्टी बाट साधारण सदस्य समेत नराख्ने गरि पार्टी बाट निस्कासन गर्न अपिल गरेका छन् । उनले सामाजिक संजालबाट ओलीलाई लेखेको अपिल यस्तो छ ।

हार्दिक अपिल : नेकपा एमाले को म एउटा इमानदार कर्मठ सिपाही भएको नाताले हिजो मदन भण्डारी र हजारौं कार्यकर्ता को र गत पसिना र ज्या न आ हुति गरेर बनाएको पार्टी एमाले को पहिलो केन्द्रिय समिती को बैठक बाट रामकुमारी झाक्री लाई पार्टी को साधारन सदस्य र समानुपातिक साम्सद बाट तुरुन्त निलम्बन गर्न म प्रधानमन्त्री तथा पार्टी अध्यक्ष सम्माननिय केपि ओलि र सिङ्गो केन्द्रिय कमिटी सग जोडदार माग गर्द्छु ।

मदन भण्डारी र श्रीमति बिध्या देवि भण्डारी लाई तथानाम गा ली बे इ ज्जती गर्ने पार्टी हितबिपरित कृयाकलाप गरेको अभियोग मा अनुसासन को कारबाही गरियोस तुरुन्त । झाक्री को स्थान मा सुखानी ह त्या का न्द मा मा रि एका कुनै सहिद को परिवार लाई साम्साद बनाउन नि हार्दिक अपिल गर्दछु । पार्टी मा सब्य सुशील अनुसासित र इमानदार कार्यकर्ता लाई पुरस्कृत र अनुसासन नमान्ने लाई दण्ड दिने बानी बसालौ ।

प्रेमबहादुर भणडारि
नेकपा एमाले कार्यकर्ता ।

प्रकाशित मिति : २०७७ फाल्गुन २७ गते बिहिवार