• २०८१ कार्तिक ९ गते शुक्रवार
  • Preeti To Unicode

संसद स्वभाविक ढंगले नचले मुलुक ताजा जनादेशमा जान्छ : ईश्‍वर पोखरेल


वीरगन्ज : उपप्रधानमन्त्री एंव नेकपा एमालेका महासचिव ईश्‍वर पोखरेलले संसद स्वभाविक प्रकृया अनुसार नचले ताजा जनादेशमा मुलुक जाने बताएका छन्। वीरगन्जमा बिहीबार प्रेस संगठन पर्साले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै एमाले महासचिव पोखरेलले भने,

‘संसद स्वभाविक प्रकृया अनुसार चले ठिकै छ यदि त्यसो भएन भने मुलुक ताजा जनादेशमा जाने र त्यसका लागि तयार रहन पार्टीका नेता कार्यकर्ताहरुलाई निर्देशन छ।’ उनले सर्वोच्च अदालतको पछिल्लो निर्णयपछि नेकपा एमाले २०७५ जेठ २ गतेको अवस्थामा पुगेको र त्यही अनुसार अब अगाडि बढ्ने बताए। उनले माओवादी केन्द्रबाट एमालेमा आएका सम्पूर्ण नेताहरुलाई सम्मानजनक स्थान दिएर व्यवस्थापन गरिने पनि बताए।

वीरगन्जमा बिहीबार आयोजित पत्रकार भेटघाटमा नेता ईश्‍वर पोखरेल। तस्बिर :

अब सरकार र एमालेको पार्टीको एउटै उदेश्य मुलुकमा राजनीतिक स्थायीत्व प्रदान गर्ने र यसलाई नै केन्द्रमा राखेर सरकार र एमाले अगाडि बढ्ने पोखरेलले बताए। पुर्नजिवित एमालेले सबै बामपन्थि शक्तिहरुलाई समेट्दै अगाडि बढ्ने पनि उनले बताए।

फरक प्रसङगमा बोल्दै उपप्रधानमन्त्री पोखरेलले कोरोना संक्रमणका कारण बन्द गरिएका भारतसँग खुल्ला सीमा जोडिएका वीरगन्ज सहितका नाकाहरु औपचारिक रुपमा खोल्ने विषयमा सरकारले छिटटै निर्णय गर्ने जानकारी दिए।

प्रेस संगठन पर्साका अध्यक्ष श्याम बन्जाराको अध्यक्षतामा भएको पत्रकार भेटघाट कार्यक्रममा नेकपा एमालेका नेताहरु प्रभु हजरा, जय प्रकाश थारु, विश्वम्भर शर्मा, निर्मला देवकोटा लगायतको पनि उपस्थिति रहेको थियो।

प्रकाशित मिति : २०७७ फाल्गुन २७ गते बिहिवार