• २०८१ साउन १२ गते शनिवार
  • Preeti To Unicode

प्रचण्डलाइ,छोडेर फेरी यी, पाँचजना सांसद एमालेमा जाने तयारीमा (नामावलीसहित)


काठमाडौ । राजनीतिक घटनाक्रम परिवर्तन भए पछि नेताहरु पूर्व वत पार्टीमा फर्कने क्रम जारी छ । सर्वोच्च अदालत को पछिल्लो फैसला पछि पनि आफ्नो पुरानो पार्टी छोडेर फरक नेताको साथमा लागेकाहरु अब फर्कन थालेका छन् ।” “यसै क्रममा नेपाल कम्युनिष्ट पार्टी (माओवादी

केन्द्र)का पाँच जना प्रदेश सांसद नेकपा एमालेमा जाने तयारी गरेका छन्। प्रदेश २ मा नेकपा माओवादी केन्द्रका ११ जना सांसद रहेकोमा पाँच जना एमालेमा जाने तयारीमा रहेको बताइएको छ।”“प्रदेशसभा सदस्यहरु रामचन्द्र मण्डल, ज्वालाकुमारी साह, कुन्दन कुशवाह, दिलिप साह र मोहम्मद समिर माओवादी केन्द्र परित्याग गर्दै नेकपा एमालेमा प्रवेश गर्ने स्रोतले जनाएको छ।”“नेकपा माओवादी केन्द्रका प्रदेश सांसद रामचन्द्र मण्डलले यो छलफलको विषय रहेकोले यसमा अहिले केही नबोल्ने बताए। राजनीति एकल विचारबाट नचल्ने भएकोले पहिला पनि सबैजना मिलेर सामूहिक निर्णय गरेको र अब पार्टीभित्र बस्ने अथवा छोड्ने एकजुट भएर छलफल गरेपछि मात्र निष्कर्ष निकाल्ने बताए।”“नेकपा एमालेले विघटित नेकपाको विभाजनमा केपी ओली पक्षलाई साथ दिएका माओवादी केन्द्रका नेता कार्यकर्तालाई सबै तहमा सम्मानजनकरूपमा समायोजन गर्ने भएको छ ।”

“मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा एमाले र ओली पक्षधर माओवादी केन्द्रका नेताहरूबीचको छलफलपछि सबै कमिटीमा समायोजनको मोडालिटी बनाइने भएको हो ।”“माओवादी स्थायी कमिटी सदस्यहरू रामबहादुर थापा बादल, टोपबहादुर रायमाझी, लेखराज भट्ट, मणि थापा, प्रदेश २ का अध्यक्ष प्रभु साहलगायतका मन्त्रीहरूसँग एमाले अध्यक्ष ओली, महासचिव ईश्वर पोखरेल, उपमहासचिव विष्णु पौडेल र संसदीय दलका उपनेता सुवास नेम्वाङलगायतले छलफल गरिरहेका छन् ।”“केन्द्रदेखि स्थानीय तहसम्म उल्लेख्य संख्यामा माओवादी केन्द्रका नेता कार्यकर्ता पार्टी विभाजनसँगै ओली पक्षमा लागेकोले उनीहरूको व्यवस्थापनमा उदारता देखाइने एमालेले जनाएको छ । अरु नेता कार्यकर्ताहरु पनि माओवादी केन्द्र छाडेर एमालेमा आउन वार्ता गरिरहेको उपमहासचिव विष्णु पौडेलले बताए ।”

“पौडेलले भने, ‘हिजो नेकपा हुँदा हामीसँग रहनुभएका र अब एमालेमा समाहित हुने सबै कमरेडहरुको व्यवस्थापन हुन्छ । यति बुझ्नुस् सबैलाई चित्त बुझ्नेगरी धेरै राम्रो व्यवस्थापन हुन्छ । यो सन्देश तलैसम्म दिन चाहन्छौं ।”“नेकपा विभाजनसँगै ओली पक्षमा लागेका नेताहरुले आफ्नो सांसद पद गए पनि ओलीको साथ नछाड्ने बताइसकेका छन् । उनीहरुलाई अब एमालेको विधान अनुसार अर्को पार्टी एकताबाट आउनेहरुका लागि व्यवस्था भए अनुसार २० प्रतिशतसम्म केन्द्रीय कमिटी सदस्य बनाइने एमाले स्रोतले जनाएको छ ।”“माओवादीतर्फका केन्द्रीय सदस्यहरूको सूची बन्ने क्रममा रहेको र प्रदेशदेखि जिल्ला र स्थानीय तहसम्म सोही अनुसार समायोजन गरिने बताइएको छ । अहिले माओवादी केन्द्रका नेताहरू थप नेता कार्यकर्ता एमालेमा तान्नका लागि छलफलमा छन् ।”

“एमाले स्रोतका अनुसार रामबहादुर थापा ‘बादल’ लाई उपाध्यक्ष बनाएर टोपबहादुर रायमाझी, लेखराज भट्ट, मणि थापा, प्रभु साहलाई स्थायी कमिटीमा समायोजन गर्नेबारे छलफल हुँदैछ । एमालेको नवौं महाधिवेशनबाट निर्वाचित पाँच जना उपाध्यक्षमध्ये विद्यादेवी भण्डारी राष्ट्रपति भएपछि एक उपाध्यक्ष खाली छ ।”“अरु पदाधिकारी थप्न विधान संशोधन गर्नुपर्ने हुन्छ । बादललाई वामदेवपछि दोस्रो बरियताको उपाध्यक्ष बनाउने सम्भावना छ । एमालेको विधान संशोधन गर्न राष्ट्रिय प्रतिनिधि परिषद् बोलाउनुपर्छ, सो संरचना पनि एमालेमा स्वतः ब्युँतिएको छ ।”“विधानमा उल्लिखित ७० वर्ष पुगेका नेताले कार्यकारी जिम्मेवारीबाट बिदा हुनुपर्ने विषयलाई माधव नेपाल पक्षले उठाउन थालेको छ ।

प्रकाशित मिति : २०७७ फाल्गुन २७ गते बिहिवार