• २०८१ असोज २९ गते मङ्गलवार
  • Preeti To Unicode

ओली बिरुद्ध खनाल – नेपाको एस्तो तयारी


काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल ले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको गतिविधिप्रति आपत्ति जनाएका छन्।खनाल र नेपाल निकट स्थायी कमिटी सदस्यहरुको छलफलले ओली पक्षबाट भइरहेको गतिविधिविरुद्ध आपत्ति जनाउँदै

बक्तव्य नै जारी गर्ने निर्णय गरेको छ ।‘सर्वोच्च अदालतको फैसला अनुसार एमाले पुनर्स्थापित भएको हो । तर, अहिले जस्तो गतिविधि भइरहेको छ, त्यसप्रति आपत्ति छ’, एक स्थायी कमिटी सदस्यले भने ।

उनका अनुसार, पार्टी कार्यालय कब्जा गर्ने र फरक समूहलाई समर्थन गरेकै कारण आक्रमण गर्ने गतिविधिविरुद्ध खनाल र नेपालले बक्तव्य जारी गर्दैछन् ।
अदालतको फैसलापछि सबै एकैपटक एमाले भएकाले कसैले कसैमाथि आरोप नलगाउन पनि खनाल र नेपालले आग्रह गर्ने तयारी गरेका छन् ।

‘अहिले कोही पहिलेबाटै एमाले भएको र कोही भर्खरै भएको जस्तो व्यवहार गरिदैछ, यस्तो गतिविधि बन्द गरिनुपर्छ’, ती नेताले भने । अदालतको फैसलाको भावना विपरीत अर्थ लगाउने कार्य जारी रहे राजनीतिक प्रतिवाद गर्न तयार हुने पनि छलफलले निष्कर्ष निकालेको छ ।

खनाल नेपाल समूहले एमाले सरकार बाँकी दुई वर्ष टिकाउन पहल गर्ने र त्यो सरकार वाम गठबन्धनको बनाउन लागि पर्ने निश्कर्ष निकालेको छ । यसअघि यो समूहको केन्द्रीय कमिटी बैठक र सांसदहरुको छलफलले पनि यही निष्कर्ष निकालेको थियो ।

प्रकाशित मिति : २०७७ फाल्गुन २७ गते बिहिवार