• २०८१ कार्तिक १० गते शनिवार
  • Preeti To Unicode

सामाजिक अभियन्ताको ठगीधन्दा धन्दा ! प्रहरीमा भर्ना पास गराइदिने वाचा, अहिले प्रहरीकै फन्दामा


बुटवल : प्रहरी भर्नामा पास गराइदिने भन्दै ६ लाख रुपैयाँ ठगी गरेको अभियोगमा एक जनालाई बाँके प्रहरीले पक्राउ गरेको छ। प्रहरीले राप्ती सोनारी गाउँपालिका ६ बस्ने आशिष मल्ल ठकुरीलाई ठगी अभियोगमा पक्राउ गरेको हो। आफूलाई सामाजिक अभियन्ता बताउने ठकुरीले

सल्यानका भिमबहादुर घर्ती र तारा मन्तासँग प्रहरी भर्नामा पास गराइदिने भन्दै ६ लाख रुपैयाँ लिएको बाँके प्रहरी प्रमुख एसपी ओमबहादुर रानाले जानकारी दिए।पीडितको जाहेरीका आधारमा ठकुरीलाई राप्तीसोनारीबाट ६ बाट पक्राउ गरी ल्याइएको एसपी रानाले भने।एसपी रानाले ठकुरीले पीडितबाट एक पटक ४ लाख नगद र अर्को पटक २ लाख आइएमईमार्फत बुझेको बताए। पक्राउ परेका ठकुरीबाट पीडितको पैसासमेत असुलउपर गरी ठगी मुद्दा चलाइने एसपी रानाले बताए। एसपी रानाले ठकुरीलाई ठगी मुद्दा चलाई एक वर्ष कैद सजायको माग राखिने बताएका छन्। पीडितले पटक पटक पैसा फिर्ता गर्न आग्रह गर्दासमेत ठकुरीले उल्टै धम्की दिने र पैसा फिर्ता नगरेपछि उजुरी दिएको एसपी रानाले बताए।

कोरोनापछि महँगियो ल्यापटप, उत्पादक देशमै बढ्यो मूल्य, ढुवानी भाडा पनि पाँच गुणा महँगो
काठमाडौं। कोरोना महामारीपछि सबै ब्राण्डका ल्यापटपको मूल्य १० हजार रुपैयाँ बढेको छ।कम्प्युटर एसोसिएसन अफ नेपाल (क्यान महासंघ) का उपाध्यक्ष रञ्जित पोद्दारले उत्पादक देशमै ल्यापटपको मूल्य बढेको बताउँदै ढुवानी भाडा(सिपिङ कस्ट) पनि बढेको बताए। नेपालमा आयात हुने अधिकांश ल्यापटप चीनबाट आयात हुन्छ। मलेसिया, सिंगापुरलगायतका देशबाट पनि ल्यापटप आयात हुन्छ।‘कोरोनापछि चीनमै ल्यापटपको मूल्य बढ्यो।

योसँगै ढुवानी भाडा समेत बढ्दा एउटा ल्यापटपमा १० हजारसम्म मूल्य बढेको हो,’ उनले बिजमाण्डूसँग भने। कोरोनाको असरका सिपिङ मूल्य पाँच गुणाभन्दा बढीले बढेको छ। जसका कारण पनि ल्यापटपको भाउ बढेको उनको जिकिर छ। कोरोना महामारी अघि ल्यापटप सिपिङको मूल्य प्रतिकेजी दुईदेखि साढे दुई अमेरिकी डलर पर्नेमा त्यसपछि बढेर १० देखि ११ डलर पुगेको पोद्दारले जानकारी दिए। नेपाली बजारमा पाइने अधिकांश ब्राण्डका ल्यापटप हवाईमार्गबाटै ल्याइने गरिएको छ।हवाई क्षेत्र पनि कोरोनाका कारण अस्तव्यस्त हुनुका साथै उडान संख्या न्यून बन्दा ल्यापटपको माग अनुसारको आपूर्ति हुन नसकेकाले मूल्य बढेको पोद्दारको भनाइ छ।

जसले ल्यापटप होल्ड गरेर बसेका थिए, नयाँ ल्यापटपहरु बजारमा आउन नसक्दा व्यापारीहरुले मूल्य बढाएर बिक्री गरेको जानकारी दिए।डेक्स्टको कम्प्युटरको माग ल्यापटपको जस्तो नभएकाले मूल्य अस्वभाविक रुपमा नबढेको उनले बताए। डेक्स्टप कम्प्युटरको स्टक पर्याप्त रहेकाले पनि मूल्य नबढेको देखिन्छ। डेक्स्टप कम्प्युटर स्थलमार्ग हुँदै नेपाल ल्याइने भएकाले गाडीबाट गरिने सिपिङ मूल्य पनि धेरै नबढेकाले ल्यापटप जस्तो भाउ नबढेको पोद्दारले बताए।

२४ गुणा बढी आयात
लकडाउन र निषेधाज्ञा खुकुलो भएपनि शैक्षिक, व्यवसायिक, सार्वजनिक समारोह इत्यादि क्रियाकलापहरु भर्चुअल्ली नै आयोजना भइरहेका छन्। भर्चुअल गतिविधिका लागि ल्यापटप अनिवार्य आवश्यकता बन्न पुग्यो। जसका कारण ल्यापटपको माग बढेर आयात पनि ह्वात्तै उकालो लागेको देखिन्छ।पोहोरको तुलनामा चालु आवको सात महिनामा ल्यापटप आयातको संख्या २४ गुणाले बढेको भन्सार विभागको तथ्यांकले देखाउँछ। चालु आवको सात महिनामा साढे ३९ अर्ब रुपैयाँबराबरका ७२ हजार पाँच सय ६८ थान ल्यापटप आयात भएको विभागले जनाएको छ।

अघिल्लो आव २०७६/०७७ मा एक अर्ब ६४ करोड रुपैयाँबराबरको जम्मा तीन हजार थान मात्रै ल्यापटप भित्रिएको विभागको तथ्यांक छ। तर, अझै पनि ल्यापटपको माग र आपूर्तिबीच सन्तुलन कायम नभएकाले मूल्य बढेको व्यापारीहरुको भनाइ छ। ‘ल्यापटपको माग उच्च भएपनि आपूर्ति भने सहज रुपमा हुन सकेको छैन,’ पोद्दारले भने।

प्रकाशित मिति : २०७७ फाल्गुन २८ गते शुक्रवार