• २०८१ भाद्र २३ गते आइतवार
  • Preeti To Unicode

एमालेमा ओलीको निर्णय : महासचिवबाहेक सबै पदाधिकारी खारेज, बादल बने वाग्मती प्रदेश इन्चार्ज


नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले महासचिवबाहेक सबै पदाधिकारी लाई हटाएका छन् । साथै माओवादी केन्द्रबाट आएका रामबहादुर थापा बादललाई वाग्मती प्रदेश को इन्चार्ज तोकेका छन् । असार २०७१ मा भएको एमालेको नवौं महाधिवेशनबाट ओली अध्यक्षमा निर्वाचित

भएका थिए । उपाध्यक्षमा विद्या भण्डारी, बामदेव गौतम, युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य र भीम रावल, महासचिवमा ईश्वर पोखरेल, उपमहासचिवमा विष्णु पौडेल र घनश्याम भुसाल तथा सचिवमा पृथ्वीसुब्बा गुरुङ, प्रदीप ज्ञवाली, भीम आचार्य, योगेश भट्टराई र गोकर्ण विष्ट चुनिएका थिए ।३ जेठ २०७५ मा एमाले र माओवादी केन्द्रबीच एकता भएर नेकपा बनेपछि ओली र पुष्पकमल दाहाल प्रचण्ड अध्यक्ष तथा विष्णु पौडेल महासचिव बने । नेकपामा बामदेवलाई उपाध्यक्ष मनोनित गरिएको थियो ।५ पुसमा प्रधानमन्त्री ओलीको सिफारिसमा संसद विघटन भएसँगै नेकपा ओली र प्रचण्ड–माधव समूहमा विभाजित भयो । यसको आधिकारिकता विवाद नटुंगिँदै २३ फागुनमा सर्वोच्चले नेकपा खारेज गर्दै एमाले र माओवादी ब्युँताउने फैसला सुनायो ।त्यसको पाँच दिनपछि एमाले अध्यक्ष ओलीले आफू निकट नेताहरुको बैठक राखेर महासचिव ईश्वर पोखरेलबाहेक अरु पदाधिकारी नरहने निर्णय गराएका छन् ।

साथै पार्टी प्रवक्तामा प्रदीप ज्ञवाली तोकिएका छन् भने बाग्मती प्रदेशको इन्चार्जमा अष्टलक्ष्मी शाक्यलाई हटाएर रामबहादुर थापा बादल नियुक्त गरेका ओली समूहका एक नेताले जानकारी दिए ।बादल समूहका नेताहरुलाई एमालेको केन्द्रीय सदस्य मनोनीत गर्ने निर्णय पनि भएको छ । साबिकको नेकपा दुई खेमामा विभाजित हुँदा ओलीतिर लागेका बादलसहितका नेताहरु माओवादी केन्द्र फर्किएका थिएनन् ।
नेकपा (एमाले) अध्यक्ष केपी ओलीले रामबहादुर थापा ‘बादल’लाई बागमती प्रदेश इन्चार्ज बनाएका छन् । शुक्रबार ओली अष्टलक्ष्मी शाक्यलाई हटाएर बादललाई बागमती प्रदेश इन्चार्जको जिम्मेवारी दिएका हुन् । पुस ५ गते प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री को निर्णय को विरोधमा

उत्रिएकी शाक्यलाई हटाएर ओलीले पूर्वमाओवादी नेता बादललाई नयाँ जिम्मेवारी दिएका हुन् ।
शुक्रबार बालुवाटारमा बसेको केन्द्रीय समिति बैठकले मंसिर २ गतेदेखि ६ गतेसम्म दसौं महाधिवेशन गर्ने निर्णयसमेत गरेको छ ।
बादल सहित माओवादीका २३ जना नेता एमालेको केन्द्रीय सदस्य मनोनित

काठमाडौं : गृहमन्त्री रामबहादुर थापा बादल सहित माओवादी केन्द्रका २३ जना नेता नेकपा एमालेको केन्द्रीय सदस्य मनोनित भएका छन्।
बालुवाटारमा बसेको केन्द्रीय कमिटिको बैठकले बादल, ऊर्जा मन्त्री टोपबहादुर रायमाझी, खानेपानी मन्त्री मणि थापा, उद्योग मन्त्री लेखराज भट्ट, शहरी विकास मन्त्री प्रभु साहलगायत २३ जनालाई मनोनित गरिएको नेकपा एमालेका स्थायी कमिटी सदस्य सुवास नेम्वाङले जानकरी दिए।

एमालेको प्रवक्तको जिम्मेवारी भने प्रदीप ज्ञवालीलाई दिइएको छ। गृहमन्त्री थापालाई नेकपा एमालेको उपध्यक्ष बनाउने तयारी भएको भए पनि आज उपाध्यक्ष मनोनित नगरिकएको नेम्वाङले बताए।

‘उहाँहरुलाई मनोनित गर्नैपर्ने भएकाले गरिएको हो,’ नेम्वाङले भने।माओवादी केन्द्रका नेताहरुले आफ्नो सांसद पद गए पनि ओलीलाई साथ दिने बताएपछि ओलीले केन्द्री कमिटीमा मनोनयन गरेका हुन्।

प्रकाशित मिति : २०७७ फाल्गुन २८ गते शुक्रवार