• २०८१ असोज ३ गते बिहिवार
  • Preeti To Unicode

महासचिव पोखरेललाई ओलीको निर्देशन- आगामी बैठकमा माधव, झलनाथ लाई पनि बोलाउनू


काठमाडौँ — एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले केन्द्रीय कमिटीको आगामी बैठकमा माधवकुमार नेपाललाई बोलाउन निर्देशन दिएका छन्।केन्द्रीय कमिटीको शुक्रबारको बैठकमा माधव नेपाल पक्ष सहभागी नभएपछि ओलीले महासचिव ईश्वर पोखरेललाई केन्द्रीय कमिटी

को आगामी बैठकमा माधवकुमार नेपाल, झलनाथ खनाललगायतलाई पनि बोलाउन निर्देशन दिएको एक नेताले जानकारी दिए ।केन्द्रीय कमिटीमा ओलीले महासचिव ईश्वर पोखरेललाई दिएको निर्देशनबारे ती केन्द्रीय सदस्यले भने, ‘आगामी केन्द्रीय कमिटी बैठकमा माधवकुमार नेपाललाई पनि बोलाउनू भनेर अध्यक्षले महासचिवलाई निर्देशन दिनुभएको छ ।’ एमालेको दशौं महाधिवेशन तोक्नेदेखि लिएर पदाधिकारी खारेज तथा केन्द्रीय कमिटीलाई महाधिवेशन आयोजक कमिटी बनाउनेसम्मको निर्णय गर्दा माधवकुमार नेपाल पक्ष भने सहभागी भएको छैन ।

एमालेमा अध्यक्ष र महासचिवबाहेक सबै पद खारेज : मंसिर २ देखि ६ गतेसम्म महाधिवेशन
नेकपा (एमाले)का अध्यक्ष केपी ओलीले महासचिवबाहेक सबै पदाधिकारीलाई हटाउने निर्णय गरेका छन् । शुक्रबार बसेको केन्द्रीय समिति बैठकमा ओलीले अध्यक्ष र महासचिवबाहेक सबै पदाधिकारीलाई हटाउने निर्णय सुनाएका हुन् । त्यसैगरी बैठकले मंसिर २ गतेदेखि ६ गतेसम्म एमालेको महाधिवेशन गर्ने निर्णयसमेत गरेको छ । धानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले शुक्रबार प्रदेश इन्चार्जको जिम्मेवारी हेरफेर गरेका छन् ।

सातै प्रदेशका इन्चार्जको जिम्मेवारी हेरफेर गर्ने क्रममा बागमती र सुदूरपश्चिम प्रदेशको नेतृत्व पूर्वमाओवादी नेताले पाएका छन् । बागमती प्रदेशमा अष्टलक्ष्मी शाक्यलाई हटाएर रामबहादुर थापालाई इन्चार्जको जिम्मेवारी दिइएको छ भने भीम रावललाई हटाएर एमाले सूदूरपश्चिम प्रदेश इन्चार्जको जिम्मेवारी लेखराज भट्टलाई दिइएको छ ।

त्यसैगरी प्रदेश १ मा सुवासचन्द्र नेम्वाङ, प्रदेश २ मा सत्यनाराण मण्डल, गण्डकीमा पृथ्वीसब्बा गुरुङ, लुम्बिनीमा शंकर पोखरेल र कर्णालीमा यमलाल कडेँल एमाले इन्चार्ज बनेका छन् । त्यसैगरी ओलीले माओवादी केन्द्रका २२ नेतालाई एमाले केन्द्रीय सदस्यमा मनोनित गरेका गृहमन्त्रीसमेत रहेका बादल सहितका २२ नेतालाई ओलीले केन्द्रीय सदस्यमा मनोनित गरेका हुन् ।

प्रकाशित मिति : २०७७ फाल्गुन २८ गते शुक्रवार