• २०८१ असोज ३ गते बिहिवार
  • Preeti To Unicode

एमालेभित्र समानान्तर कमिटी बनाउने खनाल–नेपाल समूहको घोषणा


काठमाडौं । नेकपा एमालेभित्र समानान्तर कमिटी बनाउने वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल समूहले निर्णय गरेको छ । अध्यक्ष केपी शर्मा ओलीले महासचिवबाहेक सबै पदाधिकारी खारेज गर्ने, आफू पक्ष का नेताहरुको जिम्मेवारी खोस्ने लगायतको निर्णय गरेपछि खनाल

नेपाल समूहको आकस्मिक बैठकले समानान्तर कमिटी बनाउने निर्णय गरेको हो ।शनिबार समानान्तर कमिटी जिल्लातहबाटै बनाउने निर्णय भएको स्थायी कमिटी सदस्य बेदुराम भुसालले बताए । ‘ जहाँ हाम्रो नेतृत्व छैन, त्यहाँ नेतृत्व चयन हुनेछ’ उनले भने, ‘यो पार्टी पुनर्संरचनाको अभियान हो ।’ओलीले पार्टीलाई बिसर्जनतिर लगेकाले समानान्तर संरचना तयार पार्न लागेको यो समूहको भनाइ छ । यस विषयमा थप छलफलका लागि केन्द्रीय कमिटी र सांसदहरुको छलफल राखिएको भुसालले जानकारी दिए । समानान्तर कमिटीको घोषणा भने चैत ४ गते गर्ने तयारी छ । ‘हाम्रो राष्ट्रिय भेला चैत ४ गते हुनेछ, त्यस दिन पार्टी पुनर्संरचनाको अभियान घोषणा हुनेछ’ भुसालले भने ।

ओली गुटको निर्णय मान्दैनौं : भीम रावल
प्रधानमन्त्री एवम् नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा वरिष्ठ नेतादेखि प्रदेश इन्चार्जसम्मको जिम्मेवारी हेरफर गरेपछि माधवकुमार नेपाल समूहले त्यसको विरोध गरेको छ। सर्वोच्च अदालतले नेकपा माओवादी केन्द्रसँगको एकतालाई अमान्य घोषणा गर्दै एमाले र माओवादी केन्द्र ब्युताएँपछि आज बसेको बैठकले नेपाल निकट नेताहरुलाई पार्टीमा जिम्मेवारी बिहिन गर्ने निर्णय गरेको थियो।

सुदूरपश्चिम प्रदेश इन्चार्जको जिम्मेवारी खोसिएका नेपाल समूहका नेता भीम रावलले ओलीको निर्णय आफूहरुले नमान्ने बताएका छन्। ओलीले पार्टीबाट नभइ गुटबाट निर्णय गरेको भन्दै त्यसलाई नमान्ने बताएका हुन्।नेपाल समूहको स्थायी कमिटी बैठकपछि उनले भने ‘ओलीले गरेको निर्णय पार्टीको होइन गुटगत निर्णय हो। लोकतन्त्र विरोधी निर्णय हो। गुटले गरेका निर्णय मान्दैनौं’ उनले भने।

रावलले ओलीको यो निर्णयलाई संसद विघटन पछिको अर्को अलोकतान्त्रिक निर्णयकोरुपमा व्याख्या गरे।उनले ओलीको निर्णयको विरुद्ध छलफल गरेर अघि बढ्ने समेत बताए।

प्रकाशित मिति : २०७७ फाल्गुन २८ गते शुक्रवार