• २०८१ असोज ३ गते बिहिवार
  • Preeti To Unicode

वि.सं. २०७७ फाल्गुन २९ गते शनिवार , निकै राम्रो छ यी राशिको भाग्य, हेर्नुहोस् दैनिक राशिफल


२०७७ फागुन २९ गते, शनिवार , १३ मार्च २०२१ । फाल्गुण कृष्णपक्ष, औंसी तिथि ( १५ः२१ बजेदेखि फाल्गुण शुक्ल प्रतिपदा )। पूर्वभाद्रपदा नक्षत्र। चन्द्रराशि– कुम्भ, १७ः४० बजेदेखि मीन। इटहरी, सुनसरी, नेपालमा सूर्योदय : बिहान ०६:१० बजे र सूर्यास्त : साँझ ०६:०३ बजे

काठमाण्डौं, नेपालमा सूर्योदय : बिहान ०६:१९ बजे र सूर्यास्त : साँझ ०६:१० बजे, पोखरा, कास्की, नेपालमा सूर्योदय : बिहान ०६:२४ बजे र सूर्यास्त : साँझ ०६:१५ बजे

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज राजनैतिक र सामाजिक प्रतिष्ठा कायम राख्न लगानी गर्ने समय आएको छ । मित्र जनको साथ सहयोगले उल्लेख्य कार्य सम्पादन हुनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) टाढाका नातागोता वा परिवारजनसँग भेटघाट हुनेछ । शुभकार्यको चर्चा चल्नेछ । आँटेको र ताकेको कार्य पुरा होला । प्रेममा मधुरता छाउनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) कीर्तिमानी काम गर्ने समय छ । वाक्चतुर्याईँले सङ्कल्प सिद्ध हुनेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । बन्धु बान्धवबाट सहयोग मिल्नेछ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) शुभचिन्तकहरूले पूर्ण समर्थन प्रदान गर्नेछन् । घरमा अतिथीको आगमन हुनेछ । पुरानो समस्या सुल्झाउन सकिनेछ । सन्तान सुख पनि मिल्नसक्छ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आज आफ्नो क्षेत्रमा प्रभूत्त्व जमाउन सकिनेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । दिनको उत्तरार्धमा अधिक धन खर्च पनि हुन सक्छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) साझेदारी र सट्टापट्टामा विशेष लाभ मिल्नेछ । नयाँ जिम्मेवारी पाइएला । शुभकार्यको चर्चा चल्नेछ । मनमा उत्साहका साथै बोली विक्ने समयछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) बुद्धि र विवेकको प्रयोग गर्न सके आजको दिनलाई सकारात्मक बनाउने समय छ । वित्तिय संस्थाबाट सहयोग मिल्नेछ । स्वादिष्ट भोजन पनि पाईनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) अनावश्यक ठाउँमा धन खर्च होला । अधिकार प्राप्तिका लागि संघर्श गर्नु पर्ला । वैदेशिक क्षेत्र कमजोर रहनेछ । महत्त्वपूर्ण अवसर गुम्न सक्नेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आज काम गर्ने जोश जाँगर र उमङ्ग बढ्नेछ । चिताएको कामले तीव्रता लिनेछ । नयाँ कामको थालनी हुनेछ । वैदेशिक कार्य पनि अघी बढ्नेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आज नयाँ कार्यको योजना बन्नेछ । धार्मिक यात्राको योगछ । नजिकको व्यक्तिबाट आँटेको काम सफल हुनेछ । दैनिक कार्यमा प्रगति पनि हुनेछ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) रमणीय र सुखद् यात्राको योग छ । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । विपरीत वर्गप्रति आकर्षण बढ्नेछ । रोकिएका काम पुनः सुरु हुन सक्छन् ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) प्रेममा बाधाका साथै मन कमजोर रहनेछ । यात्रामा मालसामान हराउन सक्छ । आर्थिक सङ्कटले गर्दा मनमा अशान्ति र छटपटी व्याप्त हुनसक्छ ।

(द्रष्टव्य : यो पञ्चाङ्गको सूर्योदय, सूर्यास्त, तिथि, नक्षत्र, योग, करण आदिमा उल्लिखित समयादि इटहरी, सुनसरी, नेपालको अक्षांश : २६:४० उत्तर तथा देशान्तर : ८७:१६ पूर्व र नेपालको निर्धारित राष्ट्रिय समयलाई आधार मानी सूर्यसिद्धान्तको प्रयोग गरी गणना गरिएको हो, साथै राशिफल लेख्दा चन्द्रमाको दैनिक गति, चन्द्रमामा पर्ने शनि एवं बृहस्पतिको दृष्टि, वेधस्थान र विपरीत वेधस्थान समेतको गणना गरिएको छ )

प्रकाशित मिति : २०७७ फाल्गुन २८ गते शुक्रवार