• २०८१ साउन १२ गते शनिवार
  • Preeti To Unicode

माओवादी केन्द्रले बादलसहित मन्त्रीहरुलाई फिर्ता बोलायो


काठमाडौं । नेकपा माओवादी केन्द्र ले गृहमन्त्री रामबहादुर थापा बादल सहित मन्त्रीहरु लाई मन्त्रिपरिषद बाट फिर्ता हुन निर्देशन दिएको छ । पेरिसडाडाँमा सकिएको स्थायी कमिटी बैठकले मन्त्रिपरिषदबाट फिर्ता हुन निर्देशन दिएको हो । गृहमन्त्री बादल, ऊर्जामन्त्री टोपबहादुर

रायमाझी, खानेपानीमन्त्री मणि थापा, सिँचाइमन्त्री प्रभु साह, खेलकुदमन्त्री दावा लामा र श्रम मन्त्री गौरीशंकर चौधरी सरकारमा छन् ।एमाले अध्यक्ष एवम् प्रधानमन्त्री ओलीले बादलसहित २३ जनालाई एमालेको केन्द्रीय सदस्य मनोनयन गरेका छन् । बादललाई भने बागमती प्रदेशको इन्चार्जको जिम्मेवारी दिइएको छ । एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीतिर लागेका यी मन्त्रीहरुलाई २४ घण्टाभित्र स्पष्टीकरण माग गरिएको छ । बैठकले भोलि एघार बजे केन्द्रीय कमिटी बैठकसमेत बोलाएको छ । चैत २ गतेका लागि राखिएको राष्ट्रियभेला भने अर्को सूचना जारी नभएसम्मलाई स्थगित गरिएको छ।

खनाल-नेपाल समूहको स्थायी कमिटी जारी

नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपालतर्फका स्थायी कमिटी सदस्यहरुको बैठक जारी छ । बानेश्वरस्थित एक होटलमा बैठक बसिरहेको छ ।

एघार बजे बोलाइएको केन्द्रीय सदस्य एवम् सांसदहरुको बैठकमा प्रस्तुत हुने एजेण्डाबारे छलफल गर्न स्थायी कमिटीका सदस्यहरुको बैठक बसिरहेको हो ।अध्यक्ष केपी शर्मा ओलीले खनाल-नेपाल तर्फका नेताहरुलाई भूमिकाविहीन बनाउने र पदाधिकारी खारेज गर्ने निर्णय गरे यो समूहले समानान्तर कमिटी बनाउने घोषणा गरिसकेको छ ।

ओलीको निर्णय अस्वीकार गर्ने निष्कर्ष निकालेको यो समूहले केन्द्रीय कमिटी सदस्य र सांसदहरु सहित बसेर थप योजना बनाउने तयारी गरेको छ ।

प्रकाशित मिति : २०७७ फाल्गुन २९ गते शनिवार