• २०८१ कार्तिक १० गते शनिवार
  • Preeti To Unicode

ओली सरकारलाई दिएको समर्थन कायमै छ, मन्त्रीमात्रै फिर्ता बोलाइएको हो : माओवादी केन्द्र


नेपाल कम्युनिस्ट पार्टी माओ-वादी केन्द्र ले मन्त्री हरू ला-ई फिर्ता बोलाए पनि नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारलाई दिएको समर्थन भने कायमै राखेको छ ।माओवादी केन्द्रको शनिबार बसेको स्थायी कमिटी बैठकले पार्टीबाट मन्त्री भएकाहरूलाई फिर्ता

बोलाउने निर्णय गरेको थियो । साथै नेकपा एमालेको केपी ओली पक्षले शुक्रबार विस्तार गरेको केन्द्रीय कमिटीमा रहेका माओवादी तर्फका नेताहरूलाई २४ घण्टाभित्र आफ्नो स्थिति स्पष्ट पार्न पत्र पठाउने निर्णय पनि गरेको थियो ।

ओली नेतृत्वको सरकारमा रहेका मन्त्री फिर्ता बोलाउने र एमाले केन्द्रीय कमिटीमा समाहित भएका नेताहरूलाई स्थिति स्पष्ट पार्न निर्देशन दिने निर्णय गरेपनि सरकारलाई दिएको समर्थन भने फिर्ता लिएको छैन । माओवादी केन्द्रका मुख्य सचेतक देवप्रसाद गुरुङले सरकारलाई दिएको समर्थन यथावत रहेको बताए । ‘अहिले नै समर्थन फिर्ता लिइसकेका छैनौं,’ उनले भने ।

माओवादी केन्द्रका स्थायी कमिटी सदस्य देवेन्द्र पौडेलले अन्य राजनीतिक दलहरूसँग वार्ता भइरहेको त्यसले निष्कर्ष ननिकालुन्जेलसम्म समर्थन फिर्ता नलिने बताए । ‘समर्थन फिर्ता लिने निर्णय भएको छैन । सरकारलाई दिएको समर्थन कायमै छ,’ उनले भने । केपी शर्मा ओली नेतृत्वको सरकारमा माओवादी केन्द्रका नेताहरू रामबहादुर थापा गृहमन्त्री, टोपबहादुर रायमाझी ऊर्जामन्त्री, लेखराज भट्ट उद्योग तथा आपूर्तिमन्त्री,

प्रभु साह सहरी विकासमन्त्री, मणि थापा खानेपानीमन्त्री, गौरीशंकर चौधरी श्रममन्त्री र दावा लामा युवा तथा खेलकुदमन्त्री छन् । यीमध्ये गृहमन्त्री थापा राष्ट्रिय सभा सदस्य हुन् भने रायमाझी, साह, भट्ट र चौधरी प्रतिनिधिसभा सदस्य हुन् । उनीहरूलाई पार्टीमा फिर्ता फर्किनका लागि माओवादी केन्द्रले निर्देशन दिएको हो ।

प्रकाशित मिति : २०७७ फाल्गुन २९ गते शनिवार