• २०८१ असोज ३ गते बिहिवार
  • Preeti To Unicode

माधव नेपाललगायतलाई कारबाही गर्ने ओलीको तयारी !


नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली ले माधव नेपाल लगायत लाई कारबाही गर्ने गरी छलफल थालेका छन् । ओली समूहका एक नेताका अनुसार नेपाललगायत झण्डै एक दर्जन नेतालाई अनुशासनको तयारी गर्नेगरी ओलीले छलफल थालेका हुन् ।नेपाल समूहले

पार्टी अनुशासन उल्लंघन गरि गुटबन्दी गर्दै हिँडेको, सरकार गिराउन तानाबाना बुनिरहेको जस्ता आरोप ओली पक्षको छ ।ती नेताका अनुसार ओलीले शुक्रबारकै आफू निकटको केन्द्रीय समिति बैठकमा अनुशासनहीन काम गर्नेहरुलाई कारबाही गर्न चाहेका थिए ।तर नेताहरु सुवास नेम्वाङ, विष्णु पौडेललगायतले अहिले नै कारबाही गर्न नहुने भन्दै उनीहरुको थप गतिविधि हेरेर कदम चालिनुपर्ने सुझाव दिएका थिए । सोही बैठकबाट ओलीले माओवादी धारका नेताहरुलाई केन्द्रीय समितिमा मनोनयन गर्नुका साथै अध्यक्ष र महासचिव बाहेकका सबै पदाधिकारीको खारेज गरेका थिए । यस्तै माधव नेपाल पक्षका नेताहरुको जिम्मेवारी खोसेर नयाँलाई विभिन्न प्रदेशहरूमा इन्चार्ज समेत तोकेका थिए । ओलीको यो कदमपछि आक्रोशित बनेको नेपाल समूहले चैत ४ गतेका लागि राष्ट्रिय भेला समेत बोलाइसकेको छ भने समानान्तर कमिटी बनाउने घोषणा पनि गरेको छ ।

जसपाको माग सम्बोधनसहित ओली इतरको सरकार : रामचन्द्र पौडेल
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले विकृत राजनीतिको अन्त्यका लागि प्रधानमन्त्री केपी शर्मा ओलीको बर्हिगमन अपरिहार्य भएको बताएका छन् । यसका लागि तत्काल माओवादी केन्द्र र जनता समाजवादी पार्टी मिलेर नयाँ सरकार बनाउन पहल थालिएको उनले बताए ।

नेपाल प्रेस युनियनले बागलुङमा शनिबार बिहान आयोजना गरेको पत्रकार सम्मेलनमा नेता पौडेलले कांग्रेसले जनमत अनुसार सत्ता आंकाक्षा नराखे पनि परिस्थितिबस आएको जिम्मेवारीबाट पार्टी नभाग्ने बताए । ‘माओवादी केन्द्र र जसपासँग छलफल अघि बढाएका छौं, जसपाका केही शर्त पनि आएका छन्’, उनले भने, ‘प्रधानमन्त्री केपी ओलीले केके माग पूरा गरिदिन्छु भनेका छन्, त्यो हामी सबै पूरा गरिदिने बचन सहित सहकार्यका लागि तयार छौँ ।’

उनले संविधान संशोधन पहिले कांग्रेसले अघि बढाए पनि ओलीकै कारण रोकिएको उल्लेख गर्दै रेशम चौधरीको रिहाइका लागि पनि कांग्रेस तयार रहेको बताए । सर्वोच्चको फैसलापछि देशमा नयाँ परिस्थिति आएकाले विकृत राजनीतिको अन्त्यका लागि पनि प्रधानमन्त्री ओलीको बर्हिगमन जरुरी भएको नेता पौडेलको भनाइ थियो ।

‘संसद विघटनको निर्णय बदरपछि पनि राजीनामा नदिने विकृत राजनीति हो, मागभन्दा एक कदम अघि बढेर गरिएको अदालतको पछिल्लो फैसला पनि अर्को विकृति हो’, उनले भने, ‘प्रतिगमनतर्फ मुलुकलाई लैजाने प्रधानमन्त्री ओलीले फेरि टिकाइ राख्नुपर्छ भन्ने पनि विकृत राजनीतिकै श्रृंखला हो, ओलीलाई जति सत्तामा राख्छौं, देशका लागि उत्तिकै खतरा हुन्छ ।’

नेपाली कांग्रेसको महाधिवेशन बिभिन्न बाहना बनाएर पछि धकेली रहनु पनि दुर्भाग्यपूर्ण भएको कांग्रेस बरिष्ठ नेता पौडेलले बताए । यसले लोकतन्त्र कमजोर बनिरहेको दाबी गरे ।

प्रकाशित मिति : २०७७ फाल्गुन २९ गते शनिवार