• २०८१ असोज ३ गते बिहिवार
  • Preeti To Unicode

एकता गर्न जसपालाई माओवादीको प्रस्ताव


काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले जनता समाजवादी पार्टी (जसपा) लाई आगामी चुनावसम्म कार्यगत एकता गर्न प्रस्ताव गरेको छ । पेरिसडाँडास्थित माओवादी मुख्यालयमा शनिबार दुई पार्टीका शीर्ष नेताहरूबीच भएको छलफलमा माओवादीले यस्तो प्रस्ताव

गरेको हो ।‘सत्ताको मात्रै कुरा होइन एजेण्डा मिल्ने दलहरूबीच चुनावसम्मै कार्यगत एकता गरौं भन्ने हाम्रो प्रस्ताव हो’, बैठकमा सहभागी एक माओवादी नेताले अनलाइनखबरसँग भने ।यद्यपि जसपा नेताहरूले यो विषयमा कुनै प्रतिबद्धता भने जनाएनन् । बैठकपछि जसपा अध्यक्ष महन्थ ठाकुरले माओवादीसँग सकारात्मक कुरा भएको तर निष्कर्षमा पुग्न नसकेको बताए । माओवादीसँग पुनः छलफल हुने उनले जानकारी दिए ।छलफलमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, देव गुरुङ, वर्षमान पुन, जनार्दन शर्मा, जसपा अध्यक्षत्रय ठाकुर, उपेन्द्र यादव, डा. बाबुराम भट्टराई, वरिष्ठ नेताहरू अशोक राई तथा राजेन्द्र महतो लगायतका नेताहरू सहभागी थिए ।

ओलीले एमाले सिध्याए : प्रदीप नेपाल
नेकपा एमालेका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एमाले सिध्याउनेतिर अगाडि बढेको नेता प्रदीप नेपालले बताएका छन् । आफू इतर सबै नेतालाई भूमिकाविहीन बनाएर ओलीले एमाले छिन्नभिन्न बनाएको नेपालले बताए ।

ओलीले एमाले सिध्याएको नेपालको बुझाइ छ । ‘जनताको बहुदलीय जनवादको ठीक उल्टो र निरंकुशता भएर निस्कनुभयो, केपी ओली’, उनले अनलाइनखबरसँग भने, ”कमसेकम बस्नुपर्छ, कुरा गर्नुपर्छ । आफ्नो कुरा राख्नुपर्छ नि ।’

अध्यक्ष ओलीले पार्टी नेताहरुलाई अपमान गरेर निरंकशता देखाएको उनले बताए । ‘उहाँहरु -झलनाथ खनाल, माधव नेपालहरु) लाई अपमान गरे । अब एमाले एउटै हुने सम्भावना नै देख्दिनँ’, नेपालले भने ।

अब एमालेको कुनै गुटमा नरहने पनि उनले बताए । ओलीले खनाल-नेपाल समूहका सवै नेतालाई भूमिकाविहीन बनाउने निर्णय गरेका छन् । ओलीको यो कदम लगत्तै इतर समूहले पनि केन्द्रीय कमिटी सदस्य र सांसदहरुको बैठक बोलाएको छ ।

प्रकाशित मिति : २०७७ फाल्गुन २९ गते शनिवार