• २०८१ साउन १२ गते शनिवार
  • Preeti To Unicode

प्रधानमन्त्रीद्वारा ७५३ स्थानीय तहका सडक कालोपत्रे गर्ने अभियान उद्घाटन


काठमाडौंं। नेकपा एमाले अध्यक्ष एवं प्रधान-मन्त्री केपी शर्मा ओली ले देश का ७ सय ५३ वटै स्थानीय तहमा छिटो भन्दा छिटो कालोपत्रे सडक सञ्जाल विस्तार अभियान को उद्घाटन गनुभएको छ । आइतबार बालुवाटार बाट प्रधानमन्त्री ओली ले प्रादेशिक एवं स्थानीय सडक

निर्माण तथा सुधार कार्यक्रम शुभारम्भ गर्नुभएकाे हाे ।प्रधानमन्त्री ओलीले उद्घाटन गरेपछि सातै प्रदेशमा उक्त कार्यको सहमतिपत्र (एमओयु)मा हस्ताक्षर गरेका छन् । हस्ताक्षरसँगै कालोपत्रे सडक नपुगेका स्थानीय तहमा काम तत्काल शुरू गरिने बताइएकाे छ ।उक्त कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले विरोधका लागि विरोध गर्ने प्रवृत्तिका बाबजुद सरकारले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को लक्ष्य हासिल गर्न विकास निर्माणका कामलाई तीव्रता दिएको बताउनुभयो ।उहाँले विकासलाई जनताको जीवनसँग जोड्नुपर्ने खाँचो भएको बताउनुभयो । ‘जनताको जीवन हाम्रा निम्ति सबैभन्दा महत्वपूर्ण छ, त्यसका निम्ति हाम्रा सम्पूर्ण प्रयास केन्द्रित गरेका छौं,’ प्रधानमन्त्री ओलीले भान्नुभयो ।

माओवादीको केन्द्रीय समिति बैठक बस्दै, एमालेमा लागेका मन्त्री तथा नेतालाई कारबाही गर्ने तयारी
काठमाडौं, १ चैत । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज (आइतबार) बस्दै छ । बैठक बिहान ११ बजे पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा सुरु हुने जानकारी दिइएको छ ।

माओवादी केन्द्र छोडेर नेकपा एमाले (प्रधानमन्त्री केपी शर्मा ओली समूह)मा लागेका गृहमन्त्री रामबहादुर थापा लगायतका नेताहरुमाथि कारबाही थाल्ने तयारी गरिएको जनाइएको छ । शनिबार बसेको माओवादी केन्द्रको स्थायी समिति बैठकले एमालेको केन्द्रीय सदस्य बनेका गृहमन्त्री थापासहित अन्य नेताहरुलाई २४ घण्टे स्पष्टीकरण सोधेको थियो । तर अहिलेसम्म स्पष्टीकरण नआएको बताइएको छ । यससँगै आजको बैठकमार्फत उनीहरूलाई कारबाही गर्ने तयारी थालिएको हो ।

स्रोतका अनुसार केन्द्रीय समिति बैठकमा मुलुकमा विकसित पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल हुनेछ । सत्ता समिकरणका विषयमा समेत छलफल हुनसक्ने जनाइएको छ ।यसअघि शनिबार बसेको स्थायी समिति बैठकले आफ्नो पार्टीबाट मन्त्री बनेकाहरुलाई फिर्ता हुन निर्देशन समेत दिएको थियो ।

प्रकाशित मिति : २०७७ चैत्र १ गते आइतवार