• २०८१ कार्तिक १० गते शनिवार
  • Preeti To Unicode

कन्चन र अनिशा प्र,करण १ लाखको कस्तो सेटिङ ? भयो भ,न्डाफोर,अब के होला ? (भिडियो सहित)


जिल्लाको कपन स्थित चुनिखेल मा पौष १९ अनिसा कुमाल र कन्चन तिमल्सिना ले बिबाह गरेका थिए तर केटी को माइती पक्षको कारण कन्चनले बि ष से व न गरेका थिए । केटि ले सिन्दुर लाउन हतार लाए पछि दुबै जनाले घरमै सिन्दुर हालेर बिबाह गरेका थिए । जुन बिबाह

गर्ने दम्पती चितवन जिल्ला कालिका नगरपालिका वडा न:६ की कन्चन तिमल्सिना र अनिसा कुमाल रहेका छन । दुवै जना मिलापत्रमा घरमै बिबाह गरेका थिए । केटिपक्षको मानिसले दुबैको सम्बन्ध स्वीकार गर्छौ भनेर बोलाएर चौकीमा लगी कु ट पि ट गराएकोले उनि यो पि डा सहन नसकेर युवकले बि ष से वन गरेको बताएका छन । यस बिबाहको सिन्दुर हालेको फोटो सामाजिक संजाल फेसबुकमा सार्बजनिक गरेका थिए । सार्बजनिक गरेको फोटो देखे पछी केटीको माइती पक्षले दुइ जनाको बिबाह स्वीकार गर्ने र टिकाटालो गर्ने भन्दै बोलाएर छोरीलाई घर राखेर कन्चनलाई भने प्रहरी चौकी लगिएर कु ट पि ट गराएपछी उनले आफ्नो घर आएर बि ष पि ए का थिए ।अस्पतालमा दुई महिना भन्दा बढी उपचारको लागि अस्पताल बसाई पछि अस्ताएका कञ्चनको मंगलवार अन्त्यष्टि भएको छ । भिडियो


संसद सचिवालयले माग्यो दलहरुको पदाधिकारी विवरण
संघीय संसद सचिवालयले संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका पदाधिकारीको नाम मागेको छ ।संसदमा रहेका केही राजनीतिक दलबीच एकता भएको र कतिपय दल एकीकरण भई नयाँ दल बनेकाले संसद सचिवालयले हाल कायम रहेका दलको संसदीय दलको पदाधिकारीको विवरण माग गरेको हो

।हाल संघीय संसदमा चार वटा राष्ट्रिय दल छन् । संसद सचिवालयका अनुसार हाल नेकपा एमाले, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीको पदाधिकारीको विवरण छैन । प्रवक्ता रोजनाथ पाण्डे भन्छन्, ‘राजनीतिक दलले आफ्ना पदाधिकारी को को हुन् भनेर आधिकारिक पत्र पठाउनुपर्ने हुन्छ । त्यस्तो पत्र नेकपा एमाले, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा) बाट प्राप्त भएको छैन ।’नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकीकरण भएर नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बनेको थियो ।

तर, नाम विवादमा सर्वोच्च अदालतले नेकपा एमाले र माओवादी केन्द्रबीचको एकता निष्क्रिय बनाइदिएपछि दुबै दलले आफ्ना पदाधिकारीबारे संसदलाई जानकारी गराउनुपर्ने पाण्डे बताउँछन् । ३ वर्षअघि प्रतिनिधिसभा र राष्ट्रियसभा निर्वाचन हुँदा संसदमा नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, संघीय समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी गरी राष्ट्रिय मान्यताप्राप्त ५ दल थिए ।यीमध्ये पहिले संघीय समाजवादी पार्टी र नयाँ शक्ति पार्टीसँग एकीकरण भई समाजवादी पार्टी बनेको थियो ।

उक्त समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टीबीच एकीकरण भई जनता समाजवादी पार्टी बनिसकेको छ । एकीकरण भएर बनेको नयाँ दलले पदाधिकारीको विवरण जानकारी नगराएको संसद सचिवालयको भनाइ छ ।दलका पदाधिकारी नछुट्टिँदा कार्यव्यवस्था परामर्श समितिको बैठक बस्न समस्या हुने संसद सचिवालयको भनाइ छ । सर्वोच्च अदालतको फैसलापछि नेकपा एमाले र माओवादी केन्द्र ब्युँतिएपछि प्रतिनिधिसभाका दुई वटा बैठक बसे । दुबै पटक कार्यव्यवस्था परामर्श समितिको बैठक बस्न नसकेको प्रवक्ता पाण्डेले जानकारी दिए ।

प्रकाशित मिति : २०७७ चैत्र १ गते आइतवार