• २०८१ साउन १२ गते शनिवार
  • Preeti To Unicode

राशिफल वि.सं. २०७७ चैत्र ०२ गते सोमवार , निकै राम्रो छ यी राशिको भाग्य, हेर्नुहोस् दैनिक राशिफल


२०७७ चैत २ गते , साेमवार , १५ मार्च २०२१ । फाल्गुण शुक्लपक्ष , द्वितीया तिथि ( १७ः४९ बजेदेखि तृतीया )। रेवती नक्षत्र। चन्द्रराशि– मीन। इटहरी, सुनसरी, नेपाल मा सूर्योदय : बिहान ०६ : ०८ बजे र सूर्यास्त : साँझ ०६:०४ बजे, काठमाण्डौं , नेपाल मा सूर्योदय:

बिहान ०६:१६ बजे र सूर्यास्त : साँझ ०६:११ बजे, पोखरा, कास्की, नेपालमा सूर्योदय : बिहान ०६:२२ बजे र सूर्यास्त : साँझ ०६:१७ बजे

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज मन खिन्न हुने स्थिति आउनेछ । कार्य सम्पादनमा सहजता नमिल्ला । जिद्दीपनाले गर्दा काम बिग्रने डर छ । व्यवसायिक स्थितिमा गिरावट आउनसक्छ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज प्रतिष्ठित व्यक्तिहरूसित मित्रतापूर्ण सम्बन्ध कायम हुनेछ । राज्यबाट मान सम्मान पाइनेछ । बोलीको भरमा कार्य सहजै सम्पादन हुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) मन सम्हाल्न आवश्यक हुनेछ । दुष्ट व्यक्तिको संगतले आत्मघाती काम गर्न पुगिएला सचेत रहनु पर्नेछ । शेयर बजारमा पनि उतारचढाव आउन सक्छ ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आज मातापिता र वरिष्ठ व्यक्तित्वको सहानुभूति र आशीर्वाद मिल्नेछ । आँटेको र ताकेको कार्य पुरा होला । महिला वर्गबाट सहयोग पनि मिल्नेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आज रोकिएको अधुरो कार्यले पूर्णता पाउनेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । प्रेमीको सहयोग प्राप्त हुनेछ । छोटो यात्रा पनि होला ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) इनाम र प्रतिष्ठा कमाउने बेलाछ । परिवारमा सुख सन्तोष छाउनेछ । अधुरो काम बन्नेछ । धार्मिक र सांस्कृतिक कार्यमा सरिक भाईनेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) सामाजिक प्रसिद्धि प्राप्त हुनेछ । विशिष्ट व्यत्तिको भेटघाटले मन प्रसन्न हुनेछ । सवारी साधनको खरिद बिक्री हुने योग छ । लामो यात्रा सुखद् र सफल हुनेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) परिवारका सदस्यहरू सकारात्मक हुनेछन् । मायाँ प्रेममा सामिप्यता बढेर जानेछ भने घर परिवार तथा आफन्तबिचको सम्बन्धमा सुधार भएर जानेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आज आत्मविश्वास र पराक्रममा वृद्धि हुनेछ । आँटेको र ताकेको कार्य पुरा होला । कलकारखाना र बन्दव्यापारमा पनि राम्रै हुनेछ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) अरुलाई प्रभावित पारेर काम बन्नेछ । वाक्चतुर्याईँले सङ्कल्प सिद्ध हुनेछ । आयआर्जनका क्षेत्रमा सुधार आउनेछ । पठनपाठनमा प्रगति हुनेछ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) उच्च पदमा प्रतिष्ठित व्यक्तिहरूसित भेटघाट हुने तथा सल्लाह र सद्भाव प्राप्त हुने सम्भावना छ । धार्मिक र सांस्कृतिक महत्त्वको क्षेत्रमा भ्रमण हुनेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आज श्रमको उचित मुल्याङ्कन हुनेछ । मनमा हर्ष,उमङ्ग र उत्साह छाउनेछ । कला र गलाको प्रभाव बढ्नेछ । शुभ समाचार पनि सुन्न पाइएला ।

(द्रष्टव्य : यो पञ्चाङ्गको सूर्योदय, सूर्यास्त, तिथि, नक्षत्र, योग, करण आदिमा उल्लिखित समयादि इटहरी, सुनसरी, नेपालको अक्षांश : २६:४० उत्तर तथा देशान्तर : ८७:१६ पूर्व र नेपालको निर्धारित राष्ट्रिय समयलाई आधार मानी सूर्यसिद्धान्तको प्रयोग गरी गणना गरिएको हो, साथै राशिफल लेख्दा चन्द्रमाको दैनिक गति, चन्द्रमामा पर्ने शनि एवं बृहस्पतिको दृष्टि, वेधस्थान र विपरीत वेधस्थान समेतको गणना गरिएको छ )

प्रकाशित मिति : २०७७ चैत्र २ गते सोमवार