• २०८१ असोज ३ गते बिहिवार
  • Preeti To Unicode

राशिफल वि.सं. २०७७ चैत्र ०३ गते मङ्गलवार , निकै राम्रो छ यी राशिको भाग्य, हेर्नुहोस् दैनिक राशिफल


२०७७ चैत ३ गते, मंगलवार, १६ मार्च २०२१। फाल्गुण शुक्लपक्ष, तृतीया तिथि। अश्विनी नक्षत्र। चन्द्रराशि– मेष। इटहरी,सुनसरी, नेपालमा सूर्योदय : बिहान ०६:०७ बजे र सूर्यास्त : साँझ ०६:०४ बजे, काठमाण्डौं, नेपालमा सूर्योदय : बिहान ०६:१५ बजे र सूर्यास्त : साँझ

०६:१२ बजे, पोखरा, कास्की, नेपालमा सूर्योदय : बिहान ०६:२१ बजे र सूर्यास्त : साँझ ०६:१७ बजे

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज सामाजिक प्रसिद्धि प्राप्त हुनेछ । वाक्पटुता द्वारा आफ्नो काम सफल बनाउन सकिनेछ । बहुप्रतीक्षित इच्छा र उद्देश्य सफल हुनसक्छन् ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज आफन्तसंग भेटघाट र मित्रहरुबाट सहयोग मिल्नेछ । वैदेशिक क्षेत्रको काम अघी बढ्नेछ । राज्यबाट मान सम्मान पाइनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज विद्या र नयाँ ज्ञान बढ्नेछ । सामाजिक र धार्मिक कार्यमा खर्च बढ्न सक्छ । आकस्मिक रूपमा धनप्राप्तिको सम्भावना समेत छ ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) नयाँ कामको थालानी या योजना बन्ला । दाम, इनाम र प्रतिष्ठा कमाउने वेला छ । सामाजिक सङ्घसंस्था वा परोपकारका क्षेत्रमा सहयोग गर्नु पर्नेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) , कर्म, परोपकार र समाजसेवा जस्ता कार्यमा मन लाग्नेछ । रोकिएको धन र व्यापार,व्यवसायमा लाभ मिल्नेछ । परिवारिक सद्भाव बढ्नेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) दूरदराज वा दुर्गम स्थानमा गरिएको यात्रा सफल हुनेछ । नयाँ पद र प्रतिष्ठा पाईने संभावना छ । सुन्दर पहिरनले ब्यक्तित्वमा निखारता ल्याउनेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज स्वाभिमान र घमण्डका कारण केही समस्याहरू सिर्जना हुनसक्छन् । प्रेममा मनमुटावका साथै मनमा सङ्का उत्पन्न हुनेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आज मनमा सात्विक बिचारहरू र अनुहारमा चमक आउनेछ । शुभ समाचार सुन्न पाइएला । सामाजिक क्षेत्रमा सफलता पनि मिल्नेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) यात्रा गर्दा सचेत हुनुपर्नेछ । महत्त्वपूर्ण अवसर गुम्न सक्नेछ । झञ्झटिलो काम लाईपर्ला । नजिकका व्यक्तिबाट विश्वासघात होला ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आज दाजु भाईबाट सहयोग र ससुराली पक्षसंग सम्बन्ध राम्रो बन्नेछ । कृषि कार्यबाट लाभ मिल्नेछ । आफन्त संग भेट घाट हुनेछ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) अग्रजको सहयोगले कार्य सम्पादन हुनेछ । शुभकार्यको चर्चा चल्नेछ । परिवारमा सुख सन्तोष छाउनेछ । कला र गलाको प्रभाव बढ्नेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आज लगानीमा रहेको रकम फिर्ता आउनसक्छ । शत्रु र विपक्षी पराजित हुन सक्छन् । विपवरित वर्गको भेट र साथ मिल्ने राम्रो योग छ ।

(द्रष्टव्य : यो पञ्चाङ्गको सूर्योदय, सूर्यास्त, तिथि, नक्षत्र, योग, करण आदिमा उल्लिखित समयादि इटहरी, सुनसरी, नेपालको अक्षांश : २६:४० उत्तर तथा देशान्तर : ८७:१६ पूर्व र नेपालको निर्धारित राष्ट्रिय समयलाई आधार मानी सूर्यसिद्धान्तको प्रयोग गरी गणना गरिएको हो, साथै राशिफल लेख्दा चन्द्रमाको दैनिक गति, चन्द्रमामा पर्ने शनि एवं बृहस्पतिको दृष्टि, वेधस्थान र विपरीत वेधस्थान समेतको गणना गरिएको छ )

प्रकाशित मिति : २०७७ चैत्र ३ गते मङ्गलवार