• २०८१ कार्तिक ६ गते मङ्गलवार
  • Preeti To Unicode

अन्ततः माओवादी केन्द्र नेकपा खारेज गर्ने फैसला विरुद्ध सर्बोच्च जाने


सर्वोच्च अदालतले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) लाई ब्यूँताउनेगरी गरेको फैसलाविरुद्ध नेकपा माओवादी केन्द्र पुनरावलोकनका लागि जाने भएको छ। सोमबार पेरिसडाँडामा बसेको केन्द्रीय कमिटी बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्ने क्रममा नेता नारायणकाजी श्रेष्ठले सर्वोच्च

को पछिल्लो आदेशलाई लिएर छिट्टै पुनरावलोकनमा जाने बताएका हुन्।‘हामीले छिट्टै सर्वोच्च अदालतको पछिल्लो आदेशका सन्दर्भमा पुनरावलोकनमा जाने छौं। दोस्रो तत्कालीन परिदृष्यमा जोडिएका कार्यभारहरू पूरा गर्न देशका दुई प्रमुख पार्टीहरुसँग वार्ताको प्रक्रियालाई तीव्र बनाउनेछौं,’ श्रेष्ठले भने।सर्वोच्च अदालतले गत फागुन २३ गते एमाले र माओवादी केन्द्रबीचको एकतालाई बदर गरिदिएको थियो। सर्वोच्चको उक्त फैसलापछि दुवै पार्टी अलग भइसकेका छन्।आजको बैठकमा जनार्दन शर्मा, शक्ति बस्नेत, पम्फा भुसाल, गणेशमान पुन, कृष्ण केसी, जयपुरी घर्ती, ओम शर्मा, प्रकाश पोखरेलसहित पार्टीका २० जना नेताहरुले बोलेका थिए। माओवादी केन्द्रबाट एमालेमा गएमा नेताहरुका सम्बन्धमा बैठकले थप निर्णय गरेको छैन। केन्द्रीय कमिटी बैठक केहीदिनलाई स्थगित गरिएको छ।

फेरिएको परिस्थितिमा कुरा गरौंः ओली, अहिले म मिटिङमा छुः प्रचण्ड
प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओलीले माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई फोन गरेर भेट्न प्रस्ताव गरेका छन् । प्रधानमन्त्री ओलीले सोमबार बिहान प्रचण्डलाई फोन गरेर तत्कालै भेट्न प्रस्ताव गरेका हुन् । ‘भेट्न पर्यो परिस्थिति नयाँ छ’, ओलीले फोनमा भनेका थिए ‘बरु आजै भेटौँ ।’ जवाफमा प्रचण्डले आफु मिटिङमा भएकाले तत्काल भेट्न असम्भव रहेको जनाएका थिए । ‘अहिले म मिटिङमा व्यस्त छु । मिटिङहरु सकिएपछि भेटौँला’ भन्ने जवाफ दिएका थिए ।

प्रचण्डले भेट्न आनाकानी गरेपछि ओलीले पुन दोहोर्याएर भनेका थिए, ‘हैन अलि चाँडो भेट्नुपर्यो । सकभर आजै भेट्न समय मिलाउनुहोला । नभए पनि भोलिसम्म त भेट्नै पर्यो’ बालुवाटार स्रोतका अनुसार ओली र प्रचण्डबीच करिव ३ मिनेट कुराकानी भएको थियो ।प्रचण्डले नेकपा बैठकमा १९ पन्ने राजनीतिक प्रस्ताव पेश गरेपछि ओली प्रचण्डबीचको सम्बन्ध बिग्रँदै गएको थियो । पछिल्लो पटक गत पुस दोस्रो साता ओलीले प्रचण्ड पत्नी सीताको स्वास्थ्य अवस्था बुझ्न फोन गरेपनि त्यसयता उनीहरुबीच संवाद भएको थिएन ।

ओलीले सोमबार बिहान पहिला आफ्नो सचिवालयका सदस्यहरूबीच छलफल गरेर प्रचण्डलाई फोन गरेका थिए । तर, प्रचण्डको नीजि सचिवालयले भने ओली प्रचण्ड फोन वार्ताबारे आफुहरु अनविज्ञ रहेको जनाएको छ । अध्यक्ष प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटा जुगलले भने, ‘फोन वार्ता भएको थाहा छैन ।’

सोमबारको केन्द्रीय समिति बैठकमा वर्तमान राजनीतिक परिस्थितिबारे ब्रिफिङ गर्दा पनि प्रचण्डले राजनीतिक अवस्था तरल भएपनि ओलीसँगको फोनवार्ता बारे भने केही खुलाएका थिएनन् । ‘अहिलेको अवस्था एकदम तरल छ । पार्टीहरूसँग वार्ता र छलफल पनि गर्नुछ । त्यसैले यो बैठक पनि छिट्टै सक्दा राम्रो हुन्छ बरु पछि बसौँला’ प्रचण्डले बैठकमा भनेका थिए ।

प्रकाशित मिति : २०७७ चैत्र ३ गते मङ्गलवार