• २०८१ साउन १२ गते शनिवार
  • Preeti To Unicode

कर्णाली प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने एमाले ओली पक्षको निर्णय


सुर्खेत । कर्णाली प्रदेशमा केपी ओली पक्षीय एमाले संसदीय दलको बैठक ले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ । बुधबार बसे को बैठकले सरकार लाई दिए को समर्थन फिर्ता लिँदै संसद सचिवालय लाई जानकारी गराउने निर्णय समेत गरे को छ।

हाल कर्णालीमा माओवादी केन्द्रको नेतृत्व रहेको छ ।बैठकले मन्त्रीहरूलाई सरकारबाट फिर्ता हुन निर्देशन दिँदै दलको नेताको रुपमा यामलाल कँडेललाई चयन गर्नुका साथै अनुपस्थित नेपाल पक्षीय सांसदसँग स्पष्टीकरण माग्ने निर्णय पनि गरेको छ। बैठकमा एमाले प्रदेश इञ्चार्ज यमलाल कँडेल सहित १० जना सांसदहरु सहभागि थिए । कँडेलले सरकारलाई दिएको समर्थन फिर्ता लिएको बताउँदै अब प्रक्रियाबाट नयाँ सरकार गठनमा लागिने बताए । सांसद खड्गबहादुर खत्री, दानसिंह परियार पदमा खड्का, पदमबहादुर रोकाया , बद्मी कुवाँरी बोहोरा, राजु नेपाली, गुलावजङ्ग शाही , देव ओली र मीनासिंह रखाल बैठकमा सहभागी भएका थिए ।

सांसद पद्मा खड्का र पदमबहादुर रोकाया माधव नेपाल पक्षबाट ओली समूहमा फर्किएका हुन् । यस्तै उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नन्दसिंह बुढापनि ओली समूहमै फर्किएको बुझिएको छ। यद्यपि, उनी बैठकमा सहभागी भने छैनन् । सामाजिक विकास मन्त्री दल रावल पनि ओली पक्ष एमालेमा फर्किने कुरा निश्चित रहेको स्रोतको दावी छ ।नेकपा एमालेले कर्णाली प्रदेश सरकरलाई दिएको समर्थन फिर्ता लिएको छ ।

बुधबार दिउँसो १ बजे बसेको एमाले संसदीय दलको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने र सरकारमा रहेका मन्त्रीहरु फिर्ता बोलाउने निर्णय गरेको संसदीय दलका नेता यामलाल कँडेलले जानकारी दिए ।बैठकले मन्त्री बनेका एमालेका सांसदहरुलाई ५ दिनभित्र फिर्ता बोलाउने निर्णय गरेको छ।

कर्णाली प्रदेश सरकारमा एमालेबाट आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वाला, सामाजिक विकास मन्त्री दल रावल र उद्योग पर्यटन वन तथा वातावरण मन्त्री नन्दसिंह बुढा छन् । दलको बैठकमा एमालेका २० जना सांसदमध्ये १० जना मात्रै सहभागी थिए ।

प्रकाशित मिति : २०७७ चैत्र ४ गते बुधवार