• २०८१ कार्तिक ९ गते शुक्रवार
  • Preeti To Unicode

अब एन्ड्रोइड फोनमै 4k युट्युब भिडियो हेर्न सकिने


अन्ततः गुगलले आफ्नो युट्युब एन्ड्रोइड एपमा फोर के एचडीआर फिचर थप गरेको छ । योसँगै अब प्रयोगकर्ताले आफ्नो एन्ड्रोइड फोनमा युट्युब एपबाटै उच्चतम रिजोलुसन युक्त फोर के भिडियोहरु हेर्न पाउनेछन् । यसअघि फोर के एचडीआर प्लेब्याक फिकर केवल आइफोन

प्रयोगकर्ताहरुको लागि मात्र उपलब्ध थियो भने एन्ड्रोइड स्मार्टफोन प्रयोगकर्ताले युट्युबमा अधिकतम १४४० पिक्सेल रिजोलुसन सम्म मात्र भिडियो हेर्न सक्दथे ।अब चाहिँ युट्युबमा अपलोड भएका २१६० पिक्सेल अर्थात् फोर के रिजोलुसनका भिडियोलाई युट्युबका दर्शकले एन्ड्रोइड फोनमा समेत सोही रिजोलुसनमा हेर्न पाउनेछन् ।

आफ्नो एन्ड्रोइडको युट्युब एपमा रिजोलुसनलाई अधिकतम बनाउनका लागि युट्युब एपमा भिडियो खोलेर माथिल्लो भागमा रहेको तीनवटा थोप्लावाला मेन्यूमा ट्याप गर्ने र त्यहाँको प्लेब्याक अप्सनमा गई अधिकतम रिजोलुसन छनोट गर्नुपर्दछ ।

त्यसअघि तपाईंले गुगल प्लेमा गएर आफ्नो युट्युब एप अपडेट गरेर फोर के एचडीआर प्लेब्याक सपोर्ट प्राप्त गर्न सक्नुहुनेछ ।तथापि फोर के भिडियो चलाउँदा यसले मोबाइल डाटा धेरै खपत गर्नुका साथै इन्टरनेट स्पिडलाई पनि घटाइदिन सक्दछ । यसका साथै ब्याट्री समेत छिटो रित्तिन सक्दछ ।

स्मरण रहोस् युट्युबले हालैमात्र नयाँ जेनेरेसनका एक्सबक्स कन्सोलमा समेत एचडीआर सपोर्ट उपलब्ध गराएको छ ।
एजेन्सी

प्रकाशित मिति : २०७७ चैत्र ४ गते बुधवार