• २०८१ असोज ४ गते शुक्रवार
  • Preeti To Unicode

ओलीलाई नेपाल पक्षको सन्देश : भेलामा व्यस्त छौँ, संसदीय दलको बैठकमा सहभागी हुन सक्दैनौँ


काठमाडौं :एमाले नेपाल समूहले राष्ट्रिय भेलामा व्यस्त भएकाले बिहीबारका लागि बोलाइए को संसदीय दलको बैठकमा सहभागी हुन नसक्ने बताएको छ। राजधानीमा बुधबार बाट सुरु भएको पहिलो दिनको भेला सकिए पछि आयोजित पत्रकार सम्मेलन मा बोल्दै एमाले सचिव

एवम्प्र चार विभाग प्रमुख योगेश भट्टराईले यस्तो बताएका हुन्।‘हामीलाई संसदीय दलको बैठकमा उपस्थित हुनका लागि आपत्ति छैन। आज हामीले संसदीय दलका नेता प्रधानमन्त्रीज्यूलाई कार्यव्यस्थताले हामी भोलिका लागि बोलाइएको संसदीय दलको बैठकमा उपस्थित हुन नसक्ने बताएका छौँ। तपाईंहरुमार्फत् पनि सार्वजनिक ढंगले यो जानकारी गराउन चाहन्छौँ। त्यसपछि हुने उपयुक्त बैठकमा हामी उपस्थित हुन्छौँ।’ भट्टराईले संसदीय दलको बैठक हुने जानकारी आएको भए पनि त्यहाँ जाने अवस्था नरहेको बताएका हुन्। नेपाल पक्षको राष्ट्रिय भेला एमालेका पूर्वअध्यक्ष तथा वरिष्ठ नेता कमरेड झलनाथ खनालको अध्यक्षतामा सुरु भएको हो। बैठकमा भेलामा वरिष्ठ नेता माधवकुमार नेपालले केन्द्रीय कमिटीका तर्फबाट ९ पृष्ठ लामो अवधारणापत्र प्रस्तुत गरेका छन्।

अवधारणापत्रमा पार्टीमा स्वेच्छारिता, व्यक्तिवाद, एकाधिकारवाद र दक्षिणपन्थी प्रवृत्ति हुर्किएका कारण अहिलेको अवस्था उत्पन्न भएकाले तिनका विरुद्धमा दृढतापूर्वक लड्नुबाहेक पार्टी एकता र कम्युनिस्ट आन्दोलनलाई बचाउने अरु कुनै उपाय नभएको उल्लेख गरिएको छ। नेता नेपालले पार्टी पंक्तिले आगामी दिनमा निर्वाह गर्नुपर्ने भूमिका, वर्तमान अवस्थाका चुनौतीहरु र आगामी कार्यभारहरुका बारेमा अवधारणापत्रमा उल्लेख गरेका छन्। भेलामा उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले सहभागीहरुलाई स्वागत गरिन् भने अग्रज नेता सिद्धिलाल सिंहले शुभकामना मन्तव्य दिए। भेलामा अग्रज नेता कमलप्रसाद कोइराला, मोहनचन्द्र अधिकारी, मोदनाथ प्रश्रित, शीतल झा, राधाकृष्ण मैनालीलयायत शुभेच्छा प्रकट गरे।

उक्त अवधारणापत्रमाथि छलफल गर्न सहभागीहरुलाई सात प्रदेशका साथै सम्पर्क कमिटी, जनसंगठन तथा पेशागत संगठन र केन्द्रीय निकाय तथा विभाग गरी १० समूहमा विभाजन गरिएको छ। आ–आफ्नो समूह छलफल गरी टोली नेतामार्फत बिहीबार सुझावहरु पेस गर्ने र ती सुझावहरुलाई समेत ध्यानमा राखी अवधारणापत्र पारित गर्ने कार्यक्रम छ। सहभागीहरुको समूह विभाजन तथा छलफलमा सहजीकरण गर्नका लागि प्रदेश नम्बर १ मा भीमप्रसाद आचार्य, प्रदेश नम्बर २ मा घनश्याम भुसाल,

बागमती प्रदेशमा कमरेड अष्टलक्ष्मी शाक्य, गण्डकी प्रदेशमा गोकर्ण विष्ट, लुम्बिनी प्रदेशमा युवराज ज्ञवाली, कर्णाली प्रदेशमा योगेश भट्टराई, सुदूरपश्चिम प्रदेशमा भीम रावल, सम्पर्क कमिटीमा कमरेड बेदुराम भुसाल, जनसंगठन तथा पेशागत संगठनमा बेदुराम भुसाल र केन्द्रीय निकाय तथा विभागमा अमृतकुमार बोहरालाई जिम्मेवारी तोकिएको छ।

प्रकाशित मिति : २०७७ चैत्र ४ गते बुधवार