• २०८१ कार्तिक १० गते शनिवार
  • Preeti To Unicode

बालुवाटार हिँडेका माधव समूहका सांसद बीच बाटोबाटै फर्किए


काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहका सांसद हरू अन्ततः बालुवाटार बैठकमा नजाने भएका छन्।
अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाए को संसदीय दलको बैठक मा भाग लिन केही सांसद हरु सानेपा बाट हिँडिसकेका थिए । तर

उनीहरु बीच बाटोबाटै फर्किएका छन् । ‘अनौपचारिक छलफलबाट बालुवाटार जाऔं भन्ने भयो । यसपछि हामी त हिँडिसकेका थियौं । फेरि अर्को सूचना आयो, हामी फर्कियौं’, सांसद गणेश पहाडीले भने । उनका अनुसार स्थायी कमिटीबाहेकका सांसदहरु ओलीले बोलाएको दलको बैठकमा जाने भन्ने सल्लाह भएको थियो । तर वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपालको उपस्थितिमा भएको छलफलले बालुवाटार नजाने निष्कर्ष निकाल्यो । ‘पहिले जाने भन्ने भयो, फेरि नजाने भन्ने भयो । अब हामी जान्नौं’, सांसद दीपकप्रकाश भट्टले भने ।

छुट्टै राष्ट्रिय भेला भइरहेकाले पार्टी अध्यक्ष ओलीले बोलाएको बैठकमा जान उचित नहुने निष्कर्षसहित बालुवाटार हिँडिसकेका सांसदहरु फर्किएका हुन् । ‘दलको नेताले बोलाएको बैठकमा जानुपर्छ, तर आज होइन भन्ने भयो’, एक सांसदले भने ।

ओलीले बोलाएको छलफलमा जाने वा नजाने भन्नेबारे छलफल गर्न विहान १० बजे छलफल राखिएको थियो । १५ मिनेट मात्रै छलफलको सूचना गरिएकाले अधिकांश सांसदहरु हेरिटेज गार्डेन पुगेकै थिएनन् ।

स्थायी कमिटी सदस्यहरु सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, बेदुराम भुसाललगायत नेताहरुसहित थोरै सांसदहरुबीच भएको छलफलपछि स्थायी कमिटी बाहेकका सांसद बालुवाटार जाने निर्णय लिइएको थियो ।

प्रकाशित मिति : २०७७ चैत्र ५ गते बिहिवार