• २०८१ असोज ४ गते शुक्रवार
  • Preeti To Unicode

लालबाबु पण्डित र तुलसा थापा बालुवाटार बैठकमा, संसदीय बोर्ड गठन, विधान संशोधनको तयारी


काठमाडौँ ।नेकपा एमालेका अध्यक्ष एवम् प्रधानमन्त्री केपीशर्मा ओलीले बालुवाटारमा बोलाएको संसदीय दलको बैठकमा लालबाबु पण्डित पुगेका छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विभाजित भएपछि पण्डित तटस्थ रहँदै आएका थिए । बरिष्ठ नेता माधवकुमार नेपाल निकट

उनी पहिलो पटक ओलीले बोलाएको बैठकमा सामेल भएका हुन् । ओली समूहको बैठकले पण्डितलाई प्रदेश १ को सह-इन्चार्जको जिम्मेवारी दिएको छ ।बैठक स्रोतका अनुसार तुलसा थापा पनि दलको बैठकमा पुगेकी छन् । वामदेव गौतम नेतृत्वमा सञ्चालित नेकपा एमाले राष्ट्रिय एकता अभियानमा रहेकी थापा दलको बैठकमा पुगेकी हुन् । गौतम पत्‍नी थापा एमालेका समानुपातिक सांसद हुन् । ओली र नेपाल समूहतर्फ बराबर भाग लिदै आएका अन्य सांसदहरु पनि बालुवाटार पुगेका छन् । यस्तै नन्दा चपाइँ, माया ज्ञवाली, सबिना हुसेन, गोपाल बम र विष्णु शर्मा बालुवाटार बैठक उपस्थित छन् ।

एमाले संसदीय बोर्ड गठन, विधान संशोधन गर्न कार्यदल
नेकपा एमालेको संसदीय दलको बोर्ड गठन भएको छ । बालुवाटारमा जारी दलको बैठकले बोर्ड गठन गर्ने निर्णय गरेको हो । बोर्डमा २७ जना रहनेछन्।

बैठकले संसदीय दलको विधान संशोधन प्रक्रिया पनि अगाडि बढाएको छ । विधान संशोधन गर्न कार्यदल गठन गरिने भएको छ ।कार्यदलमा विशाल भट्टराई, शेरबहादुर तामाङ र विमला राई पौड्याल रहेका छन् ।

बैठकमा वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल समूहका सांसदहरु भने अनुपस्थित छन् । तर, खनाल र नेपाल समूहका सांसदहरु नआएपनि ओलीले दुई महत्वपूर्ण लिने लिएका छन् ।

प्रकाशित मिति : २०७७ चैत्र ५ गते बिहिवार