• २०८१ असोज ४ गते शुक्रवार
  • Preeti To Unicode

गुट भेलामा जानेलाई कारबाही गर्ने बालुवाटार बैठकको निर्णय


काठमाडौं ।नेकपा एमालेका संसदीय दलको बैठकले गुटगत भेला नगर्न र पार्टीबाहेक अरु कसैको निर्देशन नमान्न सांसदहरुलाई निर्देशन दिएको छ । बालुवाटार मा बसेको बैठकले पार्टी बाहेक अरुले बोलाउने भेलामा नजान सांसद हरुलाई निर्देशन दिइएको हो ।गुट भेलामा

जानेहरुलाई आत्मलोचनासहित दल र पार्टीको कार्यक्रममा सहभागी हुन आह्वान गरिएको छ । तर, दलको बैठकको निर्णय नमाने कार्बाही प्रक्रिया अगाडि बढाउने चेतावनी दिइएको छ । ‘पार्टी निर्णय नमानेमा विधान अनुसार, स्पष्टिकरण र कार्बाहीको प्रक्रिया अगाडि बढाउने निर्णय भएको छ’, बैठकमा सहभागी एक सांसदले अनलाइनखबरसँग भने । यता, आजकै बैठकले संसदीय दलको बोर्ड गठन र विधान संशोधन प्रक्रिया अगाडि बढाउने निर्णय गरेको छ ।

बालुवाटारमा एमाले संसदीय दलको बैठक
बालुवाटारमा एमाले संसदीय दलको बैठक सुरु भएको छ। प्रधानमन्त्री एवम् संसदीय दलका नेता केपी ओलीले बिहीबार बालुवाटारमा संसदीय दलको बैठक बोलाएका हुन्। सूर्य चुनाव चिह्नबाट चुनाव जितेका सबैलाई संसदीय दलको बैठकमा बोलाइएको प्रमुख सचेतक विशाल भट्टराई जानकारी दिए।

माधव कुमार नेपाल-झलनाथ खनाल पक्ष र पार्टी अध्यक्ष केपी ओली दुई समूहमा देखिएका छन्। नेपाल पक्षले ओलीले बोलाएको बैठकमा नजाने बताएपनि केही सांसदहरुले छुट्टाछुट्टै छलफल गरेका थिए। नेपाल पक्षका केही सांसद बालुवाटार बैठकमा सहभागी हुन गएपनि उनीहरु बीच बाटोबाटै फर्किएका छन्। जारी बैठकले विधान संशोधन सम्बन्धी प्रस्ताव तयार पार्न कार्यदल गठन गरेको छ। बोर्डमा २७ जना रहनेछन्।

सर्वोच्च अदालतले नेकपामा आवद्ध एमाले र माओवादी केन्द्रलाई पहिल्यैको अवस्थामा फर्काइदिएपछि दुवैपक्ष आआफ्नो कित्तामा फर्किएका छन्। यता माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ – माधव नेपाल समूहमा गएका एमालेका नेताहरु र ओली पक्षबीच असमझदारी बढ्दै गएको छ।

प्रकाशित मिति : २०७७ चैत्र ५ गते बिहिवार