• २०८१ साउन १२ गते शनिवार
  • Preeti To Unicode

एमाले संसदीय बोर्डमा झलनाथ खनाल र माधव नेपाल पनि


नेकपा एमालेको संसदीय दल को बैठक बालुवाटारमा जारी छ ।बैठकले पार्टी को विधान संशोधन संशोधन गर्न कार्यदल निर्माण गरेको बताइएको छ । विधान संशोधन गर्न का लागि तीन सदस्यीय कार्यदल निर्माण गरेको जानकारी दिइएको छ । तर उक्त बैठकमा असन्तुष्ट

समूह माधव–झलनाथ पक्षका सांसद भने सहभागी छैनन् । तर यसअघि कुनै समूहमा नदेखिएका पूर्वमन्त्री लालबाबु पण्डित पनि संसदीय दलको बैठकमा उपस्थित भएको बताइएको छ । स्रोतका अनुसार विधान संशोधन कार्यदलमा प्रमुख सचेतक विशाल भट्टराई, शेरबहादुर तामाङ र विमला राई रहेका छन् । यसका साथै माधव–झलनाथ समूहका सांसदलाइ लक्षित गर्दै पार्टीको अनुशासन उल्लंघन गर्नेलाई कारबाही गर्नका लागि २३ सदस्यीय संसदीय बोर्ड समेत गठन गरिएको जनाइएको छ । तर बैठकमा सहभागी नै नभएका वरिष्ठ नेताहरू माधवकुमार नेपाल र झलनाथ खनाललाइ पनि बाेर्ड सदस्यमा राखिएकाे बतायएकाे छ । बाेर्डकाे अध्यक्षमा दलका नेता केपी शर्मा ओली र सदस्यहरुमा वरिष्ठ नेता नेपाल-खनालका अतिरिक्त सुवास नेम्वाङ, विशाल भट्टराई,

शेरबहादुर तामाङ, बिमला राई पौड्याल, सुमन प्याकुरेल, राधा ज्ञवाली, विद्या भट्टराई, दामोदर भण्डारी, विन्दा पाण्डेलगायतकाे नाम रहेकाे छ ।केपी ओली नेतृत्वको नेकपा एमाले संसदीय दलको बैठकले गुटगत भेला नगर्न सांसदलाई निर्देशन दिएको छ। बिहीबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको नेकपा संसदीय दलको बैठकले यस्तो निर्णय गरेको हो। बैठकले पार्टीबाहेक अन्य भेलामा नजानसमेत सांसदहरुलाई निर्देशन दिइएको छ। बैठकले दल र पार्टीको

कार्यक्रममा नियमित सहभागी हुन सांसदलाई आह्वान गर्दै दलको बैठकको निर्णय नमाने कारबाही गरिने चेतावनी समेत दिइएको छ। प्रधानमन्त्री ओलीले बोलाएको संसदीय दलको बैठकमा लालबाबु पण्डित पुगेका छन्। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजित भएपछि पण्डित तटस्थ रहँदै आएका थिए। यस्तै बिहीबारको बैठकले संसदीय दलको विधान संशोधन गर्न कार्यदल गठन गर्ने निर्णय गरेको छ।

बैठकले २७ सदस्यीय संसदीय दलको बोर्ड गठन समेत गरेको छ। प्रधानमन्त्रीले बोलाएको संसदीय दलको बैठकमा सहभागी हुन गएका नेपाल पक्षका केही सांसद भने बालुवाटार नपुग्दै फर्किएका थिए।

प्रकाशित मिति : २०७७ चैत्र ५ गते बिहिवार