• २०८१ असोज ४ गते शुक्रवार
  • Preeti To Unicode

माधव–झलनाथ पक्ष भेलाको निर्णय : केपी सरकार ढाल्नुपर्छ, माओवादीसँग एकता गर्नुपर्छ


काठमाडौं । नेकपा एमालेको माधव नेपाल र झलनाथ खनाल पक्षको राष्ट्रिय कार्यकर्ता भेला मा समूहगत छलफल पछि प्रतिवेदन बुझाउने क्रम सुरु भएको छ ।सुझाव प्रतिवेदनमा केपी ओली पक्षले राज्यका स्रोत साधन दुरुपयोग गरेर कम्युनिस्ट आन्दोलनलाई नै कमजोर पार्ने

प्रयास गरेकाले ओली सरकार ढाल्नुपर्ने सुझाव समेटिएका छन् । त्यस्तै ओलीविरुद्धको मोर्चाबन्दी कसिलो बनाउन माओवादी केन्द्रसँग एकता गर्न समेत पछि पर्न नुहुने समूहगत छलफलका क्रममा सुझाव आएको टोली नेताहरुले बताएका छन् ।प्रदेश १ का तर्फबाट समूहगत छलफलपछि नेता घनेन्द्र बस्नेतले प्रतिवेदन पेश गरेका छन् । त्यस्तै लुम्बिनी प्रदेशको प्रतिवेदन पनि पेश भएको छ । प्रदेश १ का तर्फबाट आएका सुझावहरूलाई प्रतिवेदनका रुपमा पेश गर्दै नेता बस्नेतले अध्यक्ष केपी शर्मा ओलीले गुटगत भेला गरेर गरेको निर्णयको विरोध र भत्र्सना गर्नुपर्ने गर्नुको विकल्प नभएको बताएका छन् ।उनले नेकपा एमालेलाई २०७५ जेठ २ गतेको अवस्थामा फर्काउनुपर्ने, ओली पक्षले गरेका गुटगत निर्णय खारेज गर्नुपर्ने, पार्टी एकता जोगाउनुपर्ने, मुलुकलाई सम्मृद्ध बनाउन विचार मिल्ने राजनीतिक दल खासगरी कम्युनिस्ट पार्टीहरूसँग कार्यगत एकता गर्दै पार्टी एकताको दिशामा जानुपर्ने,

प्रदेशहरूमा वामपन्थीहरुको सरकार कायम राख्नुपर्ने तर ओली गुटले पार्टी विभाजन गर्ने प्रयास गरे ओली नेतृत्वको सरकार ढाल्नु उचित हुने जनाएका छन् । त्यस्तै केपी गुटले कम्युनिस्ट आन्दोलन धराप पार्न लागेकाले त्यसलाई रोक्न पार्टीलाई तल्लो निकायसम्म पुर्याएर संगठित गर्नुपर्ने लगायतका सुझाव समेटिएका छन् ।त्यस्तै लुम्बिनी प्रदेशको प्रतिवेदनमा तीन वटा सुझाव पेश गरेको छ । सांगठनिक, वैचारिक र विविध विषयमा प्रतिवेदन केन्द्रीत रहेको छ । जसमा जबजमाथि ओली पक्षबाट भइरहेको आक्रमण र गलत अभ्यासका विरुद्ध कार्यकर्ता पंक्तिमा जानकारी गराउने,

जवज चौतारी बनाउने विषयमा अवधारणा तयार गरी ठोस रुपमा लागु गर्नुपर्ने उल्लेख छ । त्यसैगरी सांगठनिक क्षेत्रतर्फ एमालेलाई निरंकुशताबाट मुक्त गर्नुपर्ने, जबजको मान्यतासहितको पार्टी स्थापना गरौ भन्ने नारासहितको कमिटी गठन गर्ने र वडा कमिटीसम्म विस्तार गर्ने, जिल्ला केन्द्रमा स्कुल बनाउनुपर्ने सुझाव समेटिएको छ । त्यसैगरी ओली सरकारको विघटन अनिवार्य भएको भन्दै नेतृत्वको चयन गर्दा क्षमतालाई ध्यान दिनुपर्ने उल्लेख छन् ।

गण्डकी प्रदेशका तर्फबाट श्रीमाया थकालीले आफ्नो समुहको प्रतिवेदन पेश गर्दै नेता माधव नेपालले पेश गरेको प्रतिवेदनलाई समर्थन जनाउँदै थप सुझावहरु पेश गरेकी छन् । जसमा २०७७ भाद्र २६ को सहमति उल्लङ्घनबारे व्याख्या गर्नुपर्ने, पार्टी विवादको समाधानका लागि ओली २०७५ जेठ ३ अघि फर्किन मानेनन् भने कसरी अघि बढ्ने भन्ने पार्टीले ठोस कार्यदिशा तय गर्नुपर्ने उल्लेख छ ।

प्रतिवेदन पेश गर्दै थकालीले गण्डकी प्रदेश केपी गुटको उर्वर भूमिका रुपमा चिनिएकाले आफ्नो पक्ष कमजोर रहेकाले त्यसलाई आफ्नो पकड जमाउन गर्नुपर्ने उपायका बारेमा नेतृत्वले ध्यान दिनुपर्ने सुझाव दिइन् । उनले सम्वाद र वार्ता गर्दै पार्टी एकता जोगाउनुपर्ने, ओली समुहले एकपक्षीय निर्णय गरेकाले खारेजका लागि पहल गर्नुपर्ने,

त्यस्तै गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ सरकारी स्रोतसाधन एकलौटी दुरुपयोग गरेकाले भण्डाफोरको गर्नुपर्ने सुझाव समेटिएको छ । १० समुहमा विभाजित टोली नेताहरुले आआफ्नो समुहको सुझाव प्रतिवेदन बुझाउने क्रम जारी छ ।

प्रकाशित मिति : २०७७ चैत्र ५ गते बिहिवार