• २०८१ साउन १२ गते शनिवार
  • Preeti To Unicode

नमस्ते पे’ ले पायो अनुमति, एनटीसीका ग्राहकहरुले मोबाइलको ब्यालेन्सबाटै बिल तिर्न मिल्ने


काठमाडौं। नेपाल टेलिकमको सहायक कम्पनी नेपाल डिजिटल पेमेन्ट्स कम्पनी लिमिटेडले सञ्चालन अनुमति पाएको छ। कम्पनीले सञ्चालन गर्ने नमस्ते पेलाई राष्ट्र बैंकले अनुमति दिएको छ। राष्ट्र बैंकले चैत ५ गतेसम्म अनुमति प्राप्त भुक्तानी सेवा प्रदायकहरुको अद्यावधिक विवरण

सार्वजनिक गर्दै नमस्ते पेले अनुमति पाएको उल्लेख गरेको छ।राष्ट्र बैंककाअनुसार नमस्ते पेको चुक्ता पुँजी ४० करोड रुपैयाँ छ। २०७६ वैशाखमा टेलिकम र वाणिज्य बैंकले संयुक्त रुपमा भुक्तानी सेवा प्रदायक कम्पनी सञ्चालन गर्ने सम्झौता गरेका थिए।नमस्ते पेले अनुमति पाएसँगै सरकारीस्तरबाट सञ्चालन हुने पहिलो पेमेन्ट गेटवे बनेको छ। उक्त कम्पनीको सबै सेटलमेन्ट राष्ट्रिय वाणिज्य बैंकले गर्ने छ। अब नमस्ते पे प्रयोग गरेर एनटीसीका ग्राहकहरुले ब्यालेन्सबाटै विभिन्न युटिलिटीसहित अन्य प्रकारका भुक्तानी गर्न सक्ने राष्ट्र बैंकले जनाएको छ। नमस्ते पे प्रयोग गर्न इन्टरनेट विनानै प्रयोग गर्न सकिन्छ।

विश्वव्यापी महामारीका कारण अधिकांश कर्मचारीहरुले घरबाटै काम गरिरहेको अवस्थाका बाबजुत गुगलले आफ्नो कार्यालयको क्षेत्रफल बढाउने निर्णय गरेको छ ।बिहीबार नयाँ योजना सार्वजनिक गर्दै गुगलले अमेरिकास्थित अफिस र डाटा सेन्टरको स्पेस वृद्धिका साथै कम्तिमा १० हजार नयाँ रोजगारी सिर्जनाका लागि ७ अर्ब डलर भन्दा धेरै लगानी गर्ने जनाएको छ ।एक ब्लग पोष्टमा गुगलका सीईओ सुन्दर पिचाइले भनेका छन्ः सहकार्यका लागि प्रत्यक्ष रुपमै सँगै हुनु र सामूहिकता निर्माण गर्नु गुगलको मूल संस्कृति हो । यो हाम्रो भविष्यको लागि समेत निकै महत्वपूर्ण हुनेछ । त्यसैले हामीले मुलुकभर आफ्ना कार्यालयहरुमा उल्लेख्य लगानी गर्दैछौँ ।

महामारीका बीच कार्यालय विस्तार गर्दै गुगल, ७ अर्ब डलर लगानी
गुगलले यहीँ वर्ष आफ्नो मूल थलो क्यालिफोर्नियामा १ अर्ब डलर लगानी गर्नेछ । त्यस्तै एटलान्टा, वासिंटन डिसी, शिकागो र न्युयोर्कका कार्यालयहरु समेत विस्तार गर्ने योजना गुगलको छ ।गुगलले न्युयोर्कसिटी स्थित कार्यालय विस्तारमा यही वर्ष २५ करोड डलर लगानी गरी कर्मचारीको संख्या ३ हजार थप गर्नेछ ।स्मरण रहोस् महामारीका कारण आफ्ना अधिकांश कर्मचारीलाई घरबाटै काम गर्ने नियम तय गरेका सिलिकन भ्यालीस्थित दिग्गज कम्पनीहरुले पछिल्लो समेत अफिस स्पेस विस्तारमा उल्लेख्य लगानी गर्न थालेका छन् ।

यसअघि फेसबुकले आरईआई कम्पनीको स्वामित्वमा रहेको प्रयोगविहीन अवस्थाको भव्य कार्यालय भवन खरिद गर्ने बताएको थियो ।
त्यस्तै अमेजनले अमेरिकाका विभिन्न सहरमा गरी ३५ सय नयाँ कर्मचारी भर्ना गर्ने र अमेरिकाका विभिन्न सहरमा रहेका कार्यालयको क्षेत्रफल वृद्धि गर्ने घोषणा गरिसकेको छ ।
-सीएनएनबाट

प्रकाशित मिति : २०७७ चैत्र ६ गते शुक्रवार