• २०८१ असोज ४ गते शुक्रवार
  • Preeti To Unicode

एमसीसी पारित गर्ने सर्तमा भारतको संलग्नतामा संसद् पुनःस्थापना गरियो : प्रेम सुवाल


नेपाल मजदुर किसान पार्टी ( नेमकिपा ) का सांसद् प्रेम सुवाल ले भारतको स्वार्थ र एमसीसी पारित गर्ने सर्तमा प्रतिनिधिसभा पुनःस्थापना गरिएको भन्ने सुनिएकाे बताएका छन् । शुक्रबारको प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै सांसद् सुवालले कालापानी लगायतका भूमिमा

नेपालले कहिल्यै दाबी नगर्ने र एमसीसी पारित गर्ने सर्तमा प्रतिनिधिसभा पुनःस्थापना भएको भन्ने अनुमान गरिएको बताए।‘कालापाली, लिपुलेक र लिम्पियाधुरासम्मको नेपाली भूमिमा नेपालले कहिले दाबी नउठाउने र एमसीसी पारित गर्ने सर्तमा भारतको संलग्नतामा प्रतिनिधिसभा पुनःस्थापना गरिएको भन्ने सुनिन्छ। नेपालमा अब भारत अनुकूलको सरकार हुने नि बताइयो,’ उनले भने, ‘यस्तो देशघाती काम नेपाली जनतालाई स्वीकार हुने छैन।’ सम्बोधनका क्रममा उनले प्रधानमन्त्रीलाई संसद् विघटनको अधिकार नदिँदा देश अस्थिरतातिर जाने आफ्नो पार्टीका धारणा रहेको समेत बताएका थिए।

व्यूँतियो वाईसीएल, जेठमा भेला
नेकपा माओवादी केन्द्रको सहायक संगठन योङ कम्यूनिष्ट लिग नेपाल (वाईसीएल) को संगठन फेरि व्यूँतिएको छ। सर्वोच्च अदालतको फैसलाले नेकपा एमाले र नेकपा माओवादी केन्द्रको एकतालाई वैधानिकता नदिएसँगै वाईसीएलले आफ्नो पुरानो संगठनलाई व्यूँताएको हो।

वाईसीएलले आउँदो जेठ २८ देखि ३० गतेसम्म राष्ट्रिय भेला गर्ने भएको छ। सर्वोच्च अदालतले माउ पार्टी व्यूँताएपछि काठमाडौंमा चैत्र ४ र ५ गते बसेको वाईसीएल नेपाल केन्द्रीय समितिको चौथो पूर्ण बैठकले उक्त निर्णय गरेको हो। भेलाले नयाँ नीति र नेतृत्व चयन गर्ने वाइसीएलका सचिव पुष्प ओलीले बताए।

संगठनलाई चलायमान गराउनका लागि भन्दै राष्ट्रिय भेला अगावै टोल कमिटीदेखि प्रदेश कमिटी सम्मका भेलाहरु आयोजना हुने र राष्ट्रिय भेलाका प्रतिनिधिहरु प्रदेश भेलाबाट चुनिएर आउने सचिव ओलीले बताए। बैठकले राष्ट्रिय भेला अगावै दुई लाख नयाँ सदस्यता विस्तार गर्ने निर्णय समेत गरेको छ।

प्रकाशित मिति : २०७७ चैत्र ६ गते शुक्रवार