• २०८१ साउन १२ गते शनिवार
  • Preeti To Unicode

खनालको मृगौला फेल भएको थाहा पाएर प्रधानमन्त्री समेत बने भावुक, तुरुन्तै गरिदिए यस्तो निर्णय


नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वमा बसेको पार्टी संसदीय दल र केन्द्रिय समितिको बैठकले माधव नेपाल सहित चार जना नेतालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । तर पूर्व प्रधानमन्त्री तथा पार्टी नेता झलनाथ खनाल भने जोगिएका छन् । उनी जोगिनुको कारण

झनै गम्भीर छ । खनालको पछिल्लो स्वास्थ्य अवस्था थाहा पाएर प्रधानमन्त्री समेत भावुक बनेका छन् । बालुवाटारमा शनिबार बसेको बैठकले वरिष्ठ नेता माधवकुमार नेपाल र नेताहरु भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसाललाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो । उनीहरुमाथि पार्टीहितविरुद्ध काम गरेको तथा पार्टी नेतृत्व र सरकारलाई बद्नाम गराउन गुटगत भेला गरेको आरोप लगाइएपनि ओलीका चर्को आलोचक खनालको नाम भने उक्त लिष्टमा थिएन ।

प्रधानमन्त्री ओलीले नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाल गम्भीर बिरामी भएको थाहा पाएपछि उनलाई कारवाही नगर्ने मनस्थिति बनाएको बुझिएको छ । पछिल्लो पटक राजनैतिक सक्रियता एक्कासी कम गरेका खनालको स्वास्थ्यमा यस्तो समस्या पाइएको हो । उनलाई तीन महिनाभित्र उचित उपचार नगरे जे पनि हुनसक्ने डाक्टरहरुले चेतावनी दिएका छन् ।

नेता खनालको मिर्गौलामा समस्या देखिएको हो । खनाल निकट एक नेताका अनुसार चिकित्सकहरुले उनलाई तीन महिनाभित्र मिर्गौला प्रत्यारोपण गर्न वा डायलाइसिस गर्न सुझाव दिएका छन् । तीन महिनाभित्र यी काम नगरे स्वास्थ्य अवस्थाबारे केही भन्न नसकिने समेत चिकित्सकहरुले बताएका छन् ।

नेता खनाल गत माघमा उपचारका लागि नयाँ दिल्ली पुगेका थिए । उनी स्वास्थ्यमा समस्या आएर परिक्षणका लागि दिल्ली पुगेपनि उनको भारत भ्रमणलाई राजनैतिक रंग दिइएको थियो । नयाँ दिल्लीको अपोलो अस्पतालमा स्वास्थ्य परिक्षण गर्दा उनको मिर्गौला फेल भएको देखिएको थियो । पार्टीका शिर्ष नेताहरुलाई यस विषयमा खनालले जानकारी गराएका छन् ।

प्रकाशित मिति : २०७७ चैत्र ७ गते शनिवार